
१लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
२पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
३पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
४लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
७२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
८काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
९कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
१०स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
११नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
दमौली, २१ मङ्सिर । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारस्थित एक बेकरी उद्योग जिल्ला प्रशासन कार्यालयले बन्द गराएको छ । सोमबार अनुगमनका क्रममा सडेगलेको र अखाद्य वस्तु प्रयोग गरेको भेटिएपछि रजनीश बेकरी उद्योग बन्द गराइएको हो ।
उद्योगले व्यवसाय दर्तासमेत नगरी सडेगलेको र अखाद्य वस्तुको प्रयोग गरी बजारमा बिक्री–वितरण गरेको भेटिएपछि ताला लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उद्योगको अनुगमन गर्दा उद्योगभित्र सडेगलेको र अखाद्य वस्तुको प्रयोग गर्ने गरिएको भेटिएको थियो ।
चाडपर्वका बेला मात्र अनुगमन हुने गुनासो आएकाले प्रशासनले अन्य समयमा पनि अनुगमनलाई निरन्तरता दिएको बरालले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालकलाई प्रशासनमा उपस्थित हुन निर्देशन दिइएको छ । “अखाद्य र म्याद गुज्रिएका उपभोग्य वस्तु बिक्री हुने अवस्थालाई मध्यनजर गर्दै बजार अनुगमन निरन्तरता दिन्छौँ”, बरालले भन्नुभयो ।
बरालको नेतृत्वको टोलीले डुम्रेबजारका मिठाइ पसल, खाद्यान्न पसल, माछामासु पसल, तरकारी पसल र बीउबिजन र दाना पसलहरूको अनुगमन गरेको थियो । अनुगमनका क्रममा दर्ता नगरी व्यवसाय सञ्चालन गरिएको, दर्ता नवीकरण नगरिएको, म्याद गुज्रिएको उपभोग्य वस्तु बिक्रीयोग्य वस्तुसँगै राखिएको, लेवल नराखिएको, बीउबिजन र विषादी पसल एउटै ठाउँमा राखी बिक्री गर्ने गरिएको, अशुद्ध तेलमा खानेकुरा पकाई बिक्री गर्ने गरिएको भेटिएको थियो ।
मिठाइ पसलमा पनि सरसफाइको कमी देखिएको छ । दर्ता तथा नवीकरण नगरेका व्यवसायीहरूलाई समयमै दर्ता तथा नवीकरणका लागि आग्रह गरिएको घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले बताउनुभयो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव