
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौं । कमला ह्यारिस अमेरिकाको राष्ट्रपतिको सबै शक्तिहरुसहित राष्ट्रपतिको रुपमा काम गर्ने पहिलो महिला बनेकी छिन् । बाइडेनले राष्ट्रपतिको रुपमा आफूसँग भएका सबै शक्तिहरु उपराष्ट्रपति कमला ह्यारिसलाई हस्तान्तरण गरेपछि उनी सर्वशक्तिमान भएकी हुन् ।
राष्ट्रपति बाइडेनले शुक्रबार आफ्नो राष्ट्रपतिको हैसियतका सबै शक्तिहरु उपराष्ट्रपति ह्यारिसलाई हस्तान्तरण गरेका थिए । राष्ट्रपति बाइडेनले कोलोनोस्कोपीको लागि एनेस्थेसिया (बेहोस पार्ने प्रक्रिया) लिनका लागि आफ्नो सबै शक्तिहरु उपराष्ट्रपतिलाई हस्तान्तरण गरेका हुन् ।
उनी हरेक वर्ष कोलोनोस्कोपी गराउँछन् । अमेरिकी राष्ट्रपछि आज शनिबार ७९ वर्षका भएका छन् । अमेरिकी संविधान अनुसार राष्ट्रपतिले केही समयको लागि कसैलाई पनि आफ्नो स्थानमा कार्यवाहक राष्ट्रपति नियुक्त गर्न पाउँछन् ।
सीएनएनका अनुसार कमला ह्यारिस ८५ मिनेटको लागि अमेरिकाकै सबैभन्दा शक्तिशाली व्यक्ति बनिन् । अहिलेको लागि यो जिम्मेवारी उपराष्ट्रपति कमला ह्यारिसलाई दिइएको हो ।
यो जिम्मेवारी यसकारण पनि महत्वपूर्ण छ किनकि हालै बाइडेन र ह्यारिसबीच तनावको खबर बाहिरिएको थियो । यसअघि बाइडेनले २०१९ मा फुल बडी टेस्ट गराएका थिए । परीक्षणमा उनलाई पूर्ण रुपमा स्वस्थ र राष्ट्रपतिको कर्तव्य सफलतापूर्वक निर्वाह गर्नको लागि मेडिकल रुपमा उपयुक्त पाइएको थियो ।
अहिले संविधानअनुसार उपराष्ट्रपतिलाई राष्ट्रपतिको शक्ति हस्तान्तरण गरिएपछि अमेरिकाका सबै सैन्य शक्ति कमला ह्यारिसले प्रयोग गरेकी छिन् । यस क्रममा उनले वेस्ट विंगमा रहेको आफ्नो कार्यालयबाटै काम गरिन् ।