News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

दिल्लीमा प्रदूषण नियन्त्रण गर्न घरबाट काम गरिँदै, लकडाउन गर्ने प्रस्ताव

काठमाडौँ । भारतको दिल्ली सरकारले प्रदूषण नियन्त्रणका लागि एक हप्ता घरबाट काम गर्ने र सप्ताहन्तमा लकडाउन गर्ने प्रस्ताव गरेको छ। साथै निर्माण र औद्योगिक गतिविधिमा प्रतिबन्ध लगाउन सिफारिस गरेको छ।

संघीय सरकार र दिल्ली, पञ्जाब, हरियाणा र उत्तर प्रदेशका प्रतिनिधिहरू, सम्बन्धित सरोकारवालाहरूको आपतकालीन बैठकले यस्तो निर्णय गरेको हो । यसअघि भारतको सर्वोच्च अदालतले दिल्लीको विषाक्त वायु संकटसँग लड्न आदेश दिएको थियो । अहिले त्यहाँका विद्यालयहरू बन्द छन् ।

“आजको पञ्जाब, हरियाणा, उत्तर प्रदेश, हरियाणाका अधिकारीहरूसँगको बैठकमा हामीले (दिल्ली सरकारले) केन्द्रीय राजधानी क्षेत्र (एनसीआर) मा घरबाट काम गर्न लागू गर्नुपर्ने प्रस्ताव राख्यौं,” दिल्लीका वातावरणमन्त्री गोपाल राईले मंगलबार मिडियालाई भने ।

सोमबार संघीय सरकारले पराल जलाउँदा वायु प्रदूषणको चार प्रतिशत वृद्धि भएको बताएको छ । औद्योगिक गतिविधिहरू र अत्यधिक सवारी साधनको चाप शहरको वायु प्रदूषणको मुख्य कारक बनेको छ ।

नोभेम्बरको शुरुदेखि नै विषाक्त धुवाँसँग लडिरहेको दिल्लीले शनिबार आपतकालीन उपायहरू अपनाउँदै विद्यालयहरू बन्द गर्न र निर्माण कार्य चार दिनका लागि बन्द गर्न आग्रह गरेको थियो । भारतको राजधानी दिल्ली विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा परेको छ ।