News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

चिसो बढ्यो सतर्कता अपनाउनुहोस् : मौसम विभाग

काठमाडौँ । देशभर चिसो बढ्ने क्रम बढेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल मौसमको अवस्थाबारे आज (शुक्रवार) बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले यस्तो बताएको हो । विभागका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

तर पनि हाल देशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहेको जनाइएको छ । हेर्नुहोस् आगामी तीन दिनको मौसम विश्लेषण