काठमाडौँ । बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। मुख्य गरी देशको तराईमा छठ पर्व धुमधामका साथ मनाइन्छ । काठमाडौँमा पनि छठ मनाइन्छ । छठको पूजाका लागि जलाशायहरुलाई सिंगारपटार गरेर सजाइएको छ ।
जनकपुरस्थित जानकी मन्दिरलाई पनि पनि चिटिक्क पारिएको छ । दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको व्रत तोडिन्छ । छठ पर्व आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिन भक्तजनले जनकपुरको पोखरी, तलाउमा सजाइएको घाटमा राखिएको छठ पूजाका सामग्री ।
छठ पर्वका अवसरमा दुलही झै सिङगारिएको जनकपुरधामको गङगा सागर, धनुष सागरलगायतका जलाशय र कुण्ड । छठ पूजाको पूर्व सन्ध्यामा दुलही झै सजाइएको वीरगञ्जको घडीअर्वा पोखरी ।
छठ पर्वका अवसरमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन महोत्तरीको सदरमुकाम जलेश्वरको बरुण सरोवरमा बुधबार आएका बर्तालु भक्तजन ।
सबै तस्विर : अजयकुमार साह/रासस