News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल १६ हजार ७३६ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा १ जनाले ज्यान गुमाउँदा ४८४ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ६१२ जना रहेका छन् ।

यसैबीच हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १५ हजार ३७२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ९२६ जना पुगेको छ ।

यस्तै हालसम्म ७ लाख ९६ हजार ३०६ जना निको भएका छन् । यसैगरी हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४५४ पुगेको छ ।