
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
काठमाडाै । अश्लिल भिडियो बनाएर चर्चामा आएकी नायिका पुनम पाण्डेका श्रीमान् स्याम बम्बेलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ । स्यामलाई उनकी श्रीमती पुनम पाण्डेले गरेको ऊजुरीको आधारमा पक्राउ गरेको प्रहरीले जानकारी दिएकोछ । पुनमले आफूमाथि कुटपिट गरेको भन्दै स्यामविरुद्ध थानामा ऊजुरी दिएकी छिन् ।
मुम्बई प्रहरीले दिएको जानकारी अनुसार ऊजुरी दर्ता गरेपछि पुनम पाण्डे अस्पताल भर्ना भएकी छिन् । प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम एएनआईका अनुसार पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको छ । प्रहरीले यो मामिलामा अनुसन्धान गरिरहेको बताएको छ ।
स्याम बम्बेमाथि पुनमले प्रताडित गरेको आरोप लगाएकी छिन् । अघिल्लो वर्ष सेप्टेम्बरमा पनि विवाहको केही दिनपछि नै पुनमले स्याममाथि शोषण र धम्की दिएको आरोप लगाएकी थिइन् । त्यतिबेला उनीहरु गोवामा थिए, जहाँ गोवा अदालतले स्यामलाई सशर्त जमानत दिएको थियो ।
पुनमले श्रीमानको यस्तो व्यवहारपछि विवाह तोड्ने कुरा गरेकी थिइन् । यद्यपि, पछि पुनम र स्यामबीच कुरा मिल्यो र सबैकुरा ठिक भएको उनीहरुले बताएका थिए ।
तर पुनमको ऊजुरीपछि उनीहरुबीच ठाकठुक जारी भएको अनुमान गर्न सकिन्छ । स्मरण रहोस् पुनमका श्रीमान् स्याम एक फिल्म निर्माता हुन् । उनले गल बन गई र बेफिक्राजस्ता गीतको निर्देशन पनि गरेका छन् ।
पुनमलाई भने अश्लिल भिडियो बनाएको आरोपमा केहि समय अघि प्रहरीले पक्राउ समेत गरेको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी