
१महान्यायाधिवक्ताको विवादास्पद निर्णय
२नेपाली काँग्रेसको सभापतिमा गगन थापा
३तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
४पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
५राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
६सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८चुनावी मैदानमा विप्लव
९राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
६पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
७राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
८नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
पोखरा । लामो समयदेखि खानेपानीको समस्या भोगेका पोखरा महानगरपालिका वडा नं. १ र २ का उत्तरी भेग तथा वडा नं. १८ का दक्षिणी क्षेत्रका सर्वसाधारणले आगामी एक वर्षभित्र खानेपानीको सुविधा पाउने भएका छन् ।
पहिलो चरणमा तीनवटै वडाका एक हजार घरधुरीमा खानेपानी सुविधा पु¥याउने लक्ष्यका साथ महानरपालिकाको रु दुई करोड ५५ लाख १५ हजार ७०० र नेपाल खानेपानी संस्थान, पोखरा शाखाको रु ८६ लाख सात हजार ७७८ को लागतमा खानेपानी योजनाको काम अघि बढाइएको हो ।
पोखराको खानेपानी वितरण गर्दै आइएको विन्ध्यवासिनीको पानीट्याङ्कीबाट २.८५ किलोमिटर मुख्य पाइपलाईन विस्तार गरी लिफ्टिङ प्रविधिबाट सराङकोटमा जम्मा गरी वितरण गर्न लागिएको हो ।
सो खानेपानी योजनाको आज शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले खानेपानीको पहुँचमा सम्पूर्ण महानगरवासीलाई पु¥याउने लक्ष्यअनुरुप योजना अघि बढाइएको बताउनुभयो ।
“जनताले तिरेको करबाट खानेपानी योजनाका लागि आर्थिक सहयोग गरेको हो”, प्रमुख जिसीले भन्नुभयो,“महानगरले योजना सम्पन्न गर्ने संस्थानले पानीको शुल्क लिने व्यवस्थाको अन्त्य गरि एकद्वार प्रणाली आवश्यक छ ।”
पोखरा महानगरपलिका वडा नं १ का वडाध्यक्ष शारदा पराजुली, २ का रामेश्वर मल्ल र १८ का रणबहादुर थापाले वडाभित्र लामो समयदेखि स्थानीयवासीले भोग्नुपरेका खानेपानीको समस्या योजना सम्पन्न भएसँगै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल खानेपानी संस्थानका प्रतिनिधि वसन्त भण्डारीले योजना तोकिएकै समयमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै संस्थाले महानगरका १९ वटा वडामा खानेपानीको सुविधा पु¥याउँदै आएको र अन्य वडाहरुमा पनि शुद्ध खानेपानीको व्यवस्था गरिने जानकारी दिनुभयो ।
सराङकोट खानेपानी आयोजना समन्वय समितिका संयोजक दिनेश श्रेष्ठका अनुसार सो योजना सम्पन्न भएसंगै वडा नं. १ को सिमपानी, २ को हिमालीटोल र १८ का अधेरीकुना, थम्की, लामाखेर, लामागाउँ, मिरुवा, घरेलु, पिपलडाँली, विन्ध्यश्वरीपाखा, र पोखरावेशीका वासिन्दालाई खानेपानी सुविधा पुग्नेछ ।
सराङकोटस्थित घरेलुमा ७५ हजार र ठोट्नेखोला सामुदायिक वनको जौवारीमा निर्माण गरिने पाँच लाख लिटर क्षमताको छुट्टाछुट्टै दुई पानीट्याङकीबाट ८.९२ किलोमिटर वितरण लाइन विस्तार गरिने उहाँले जानकारी दिनुभयो ।
महानगरपालिकाअन्तर्गतको योजना आगामी २०७८ आसोजमा सम्पन्न गर्ने गरी कृपा कन्स्टक्सन भरतपुर चितवन र २०७८ असार महिनामा सक्ने गरी संस्थानको पराजुली, सावित्री नौघरे जेभी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ । प्रदेश सरकारले शुरु गरेको ‘एक घर: एक धारा’ अभियानलाई आयोजनाले सहयोग पुग्ने विश्वास लिइएको छ ।
१भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
५पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण