
१रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
३पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
४झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
६पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
७घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
८जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
९सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
१०फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
११एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१२नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
७गण्डकी प्रज्ञा-प्रतिष्ठान पदाधिकारी नियुक्तिबारे उच्च अदालतद्वारा कारण देखाऊ आदेश
८गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
९स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
१०साढे ७ लाख घुससहित सर्लाही सिँचाइ डिभिजन प्रमुख र मेकानिकल अधिकृत क्वार्टरबाटै पक्राउ
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२सुन लुट्न आफ्नै साथीको हत्या, दुई जना पक्राउ
म्याग्दी, २० कात्तिक। झिलीमिली उज्यालो, मखमली फूल र देउसीभैलोको सङ्गीतमय वातावरणले तिहार पर्वलाई उत्सवमय बनाउँछ । तिहारमा देउसीभैलो गीत गाउँदै नाच्दै आशिष दिने र घरधनीले क्षमताअनुसार दान दिने चलन छ ।
भगवान् विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने बरदान पाएका बलिराजाले ‘भलो होस्’ भनी घरघरमा आशिष गीत गाउन लगाएको सम्झनामा देउसीभैलो खेल्न थालिएको धार्मिक विश्वास रहँदै आएको छ । पछिल्लो दुई वर्षयता म्याग्दीमा तिहारको बेला खेलिने देउसीभैलोको रौनक विगतका वर्षको जस्तो छैन । गत वर्षको तिहारमा कोरोना भाइरस महामारीले देउसीभैलो खेलिएन । यसपालि कोरोना महामारीको त्रास घटे पनि स्थानीय प्रशासनले रोक लगाएपछि देउसीभैलो खेल्नेको सङ्ख्या कम भएको हो ।
जिल्ला प्रशासन कार्यालयले कात्तिक १४ गते सूचना नै जारी गरेर मेला जात्रा, देउसीभैलो, खेलकुदजस्ता भीडभाडजन्य क्रियाकलाप गर्न रोक लगाएको थियो । बेनी बजारका हरिप्रसाद पौडेलले मेलाजात्रा र खेलकुद कार्यक्रम निर्वाधरूपमा चले पनि तिहारको सांस्कृतिक पक्ष देउसीभैलोलाई मात्र प्रशासनले हस्तक्षेप गरेको गुनासो गर्नुभयो ।“प्रशासनले खुला समाज र सांस्कृतिक उत्सवमाथि नै हस्तक्षेप गरेको छ”, उहाँले भन्नुभयो ।
बेनी बजारमा एउटा द साइनिङ नृत्य समूहको मात्र देउसीभैलो आयोजना गरियो । विगतमा आठदेखि १० वटा समूहले देउसीभैलो खेल्दथे । यसपालि विगतको जस्तो देउसीभैलोको रौनक नहुँदा तिहार खल्लो बनेको बेनी बजारका नैनकुमार श्रेष्ठले बताउनुभयो । “कोरोना भाइरसको महामारीका कारण गत वर्ष सुनसानजस्तै बनेको तिहारमा यसपालि केही चहलपहल बढे पनि दुई वर्षअघिको जस्तो रौनक छैन”, उहाँले भन्नुभयो, “अर्कातर्फ तिहारमा खेलिने देउसीभैलोमा पश्चिमा संस्कृतिको प्रभाव बढेको छ ।”
चर्को स्वरमा गीत बजाउने र रेकर्ड गरिएको गीतमा नृत्य देखाउने तथा आर्थिक सङ्कलनको मात्र स्रोत बनाइँदा देउसीभैलोको मौलिकता ओझेल परेको श्रेष्ठको गुनासो थियो । हिजो आज सामुदायिक विद्यालय सञ्चालन, अक्षयकोष स्थापना, सामाजिक तथा सार्वजनिक महत्वका सङ्घसंस्थाको संस्थागत विकासजस्ता उद्देश्य राखेर देउसीभैलो खेल्ने गरिन्छ तर आयोजकहरुले आम्दानी खर्च विवरण सार्वजनिक गरेको पाइँदैन ।
रेकर्ड गरिएका थाली, कौरा, सिरफुले, सालैजोजस्ता मौलिक गीत तथा नृत्य पनि समावेश गरेर आर्थिक स्रोत जुटाउने माध्यम बनाइएको छ । सामाजिक परिवर्तनको प्रभाव देउसीभैलोमा पनि पार्नुलाई स्वाभाविक मानिए पनि देउसीभैलोको खास महत्व र मर्म भने हराउन नदिन सचेत बन्नुपर्ने बेनीका संस्कृतिकर्मी सञ्जयकुमार श्रेष्ठको भनाइ थियो ।
“आधुनिकताको अनुशरणसँगै मौलिक बाजा र भाकाको संरक्षण गर्न सकेमा कला र संस्कृतिको महत्व जीवन्त रहन्छ”, उहाँले भन्नुभयो, “देउसीभैलोको नाममा जबर्जस्ती पैसा माग्ने, पश्चिमा गीत तथा नृत्य प्रस्तुत गर्ने र सङ्कलित पैसाको दुरुपयोग गर्ने विकृति नियन्त्रणमा सबै पक्षले ध्यान दिनुपर्छ ।”
१अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
२सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
३कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
४‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन