
१पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
५क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
७जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
८सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
९पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
१०सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
११प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
१२अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
६जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
७डिम्बको अवैध कारोबार गर्ने आफ्नै छोरीहरूलाई उन्मुक्ति दिदैं महान्यायाधिवक्ता सविता भण्डारी
८आन्दोलनकारीलाई आतंककारी भन्दैं दलहरुले पेल्न थालेपछि फेरि जुर्मुराउँदैं जेनजीहरु
९पोखरा महानगर खेलकुद विकास समिति अध्यक्षमा दीपक गोदार नियुक्त
१०प्रहरी कार्यालयबाट हतियार लुट्ने दुई पक्राउ
११अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता ‘पोखरा इन्डुरो रेस’ सम्पन्न
१२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा कोजाग्रत पूर्णिमाका दिन शुक्रबार राति नवविवाहित दम्पतीबीच ‘चुमाउन’ विधि सम्पन्न गरिएको छ । मिथिलामा विवाह भएपछिको पहिलो कोजाग्रत पूर्णिमाका दिन नवदम्पतीको ‘चुमाउन’ विधि गरिने परम्पराअनुसार गएराति यो विधि सम्पन्न गरिएको हो ।
मिथिला क्षेत्रमा खासगरी मैथिल ब्राह्मणहरुमा प्रत्येक दुई कोजाग्रत पूर्णिमाका बीच विवाह भएका जोडीबीच यो विधि मनाउने परम्परा रहेको छ । यद्यपि कायस्थ र सोनार जातिमा पनि यो विधिको प्रचलन छ । यस विधिका लागि बधु पक्ष (दुलहीका माइती)ले बस्त्रआभूषण, मिष्टान्न खाद्य परिकार लिएर दुलाहाका घर आउने चलन छ । विधिमा दुलाहा–दुलहीलाई नयाँ बस्त्र आभूषण पहिर्याउने, दुलाहाका पक्षधरलाई मिष्टान्न भोजन गराउने परम्परा रहेअनुसार यो विधि सम्पन्न गरिएको महोत्तरीको भङ्गाहा नगरपालिका–४ का मैथिल ब्राह्मण चन्द्रकान्त झाले बताउनुभयो ।
चुमाउन विधिमा दुलहीका माइतीले बस्त्र आभूषण, थरिथरिका मिष्टान्न परिकार, मौसमअनुसारका फलपूmल र दहीका बेग्लाबेग्लै भार (सोली) भेटका लागि ल्याउनुपर्ने चलन छ । दुलाहा–दुलहीमात्र नभई दुलाहाका बाबु–आमा, दिदी–बहिनी र अन्य आफन्तलाई समेत बस्त्र आभूषण पहि¥याएर भोजन गराउनुपर्ने भएकाले यो विधि अब महँगो र झन्झटिलो बन्दै गएको टिप्पणी नयाँ पुस्ताका युवाले गर्न थालेका छन् ।
विधिमा खर्च जति दुलहीका माइती पक्षकाले गर्नुपर्ने र आमन्त्रित पाहुनाको खटनपटन दुलाहा पक्षकाले गर्ने हुँदा यो विधि महँगो हुँदै गएको महोत्तरीकै बर्दिवास नगरपालिका–२ का ३० वर्षीय युवा जितेन्द्र झाले बताउनुभयो । विगतमा सम्बन्ध गाँसेका दुवै पक्षका आफन्तबीच चिनजान बढाउने, आत्मीयता बढाउने र दशैँ पर्व सम्पन्न गरिएको खुसी बाँड्ने उद्देश्यले शुरु गरिएको यो विधिमा सामान्य रुपमा बरबधुलाई धोती फेराउने, पान मखान (पानीमा फल्ने तराईको फलविशेष) प्रसादस्वरुप खुवाउने परम्परा रहेको पाका मैथिल बताउँछन् ।
तर पछिल्ला केही दशकयता ‘चुमाउन’मा दुलहा पक्षले सयौँ आफन्त बोलाएर रवाफ देखाउने, दुलहीपक्षसँग खासखास आभूषणको माग गर्ने विकृति बढेपछि यो विधि विवाहजस्तै खर्चिलो हुने गरेको नयाँ पुस्ताका युवाको टिप्पणी छ । ‘‘बाबु पुर्खाले राम्रो उद्देश्यले शुुरु गरेका ‘चुमाउन’ पछिल्लो एक दशकयता दाइजोको रुपमा फेरिएको छ’’, महोत्तरीकै सम्सी गाउँपालिकाको गेढाभेट्पुरका मैथिल ब्राह्मण ३५ वर्षीय आलोक झाले भन्नुभयो, ‘‘यो रवाफिलो बन्दै गएको विधिलाई अब बाबु पुर्खाले गर्ने गरेका सामान्य रुपमा फेर्न आवश्यक छ ।’’
चुमाउन विधिमा बढेको खर्च र रवाफिलो तडकभडक नियन्त्रण गरिनुपर्ने युवा पुस्ताको विचारमा मिथिला क्षेत्रका बुद्घिजीवी पनि सहमत देखिएका छन् । “यो पर्व आफन्तहरुबीच आत्मीयता बढाउन, परिचय विस्तार गर्न र योसँगै मखान पान खानेगरि शुरु गरिएको हो”, प्रेस स्वतन्त्रता सेनानी रहनुभएका महोत्तरीकै जलेश्वर नगरपालिकाको परिकौलीका बासिन्दा मैथिल ब्राह्मण जातिका कुँवरकान्त झाले भन्नुभयो, “तर अब त यो आडम्वर, रवाफ र अहङ्कार प्रदर्शनमा पुगेको छ, यसलाई सरलीकृत गर्न युवा पुस्ताले पहलकदमी लिनुपर्छ ।”
चुमाउन विधिको महत्व यसको सरलतामा बढ्ने भएकाले पर्वविशेषमा तडकभडक त्याग्नुपर्नेमा वुुद्धिजीवीसँगै नयाँ पुस्ता पनि सहमत हुँदै गएको देखिएका छन् । (राससका लागिगोपालप्रसाद बराल )
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२पोखरा सहकारीमा रजिष्ट्रारलाई घुस खुवाउन चण्डीप्रसाद अर्याल विचौंलियाको रुपमा संलग्न रहेको आरोप
३पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
४सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
५पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक