News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश समाचार

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार गत मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो ।

घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहको छ भने चाँदी एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, यता तेजाबी सुन समेत गत मंगलबारको तुलनामा ६०० रुपैयाँले नै सस्तिँदै बुधबार ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।