News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

विश्वभर ४ लाख २३ हजार कोरोना संक्रमित थपिए, ३ लाख ७९ हजार निको

काठमाडौँ । विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख २३ बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ४ लाख २३ हजार ५०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसअनुसार सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ३९९, बेलायतमा ४० हजार ९५४, रुसमा ३६ हजार ४४६, टर्कीमा २९ हजार ६४३, भारतमा १३ हजार ५०९ र ब्राजिलमा १३ हजार ४२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यही अवधिमा ३ लाख ७९ हजार ६०१ जना कोरोनामुक्त भएका छन् । सबैभन्दा धेरै अमेरिकामा ९५ हजार ३४, टर्कीमा ३१ हजार ४६७, रुसमा २६ हजार ९७३, बेलायतमा २६ हजार ३१७, ब्राजिलमा २१ हजार ४५४ र भारतमा १४ हजार ४९ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा ७ हजार ४८४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा एक हजार ४५६, रुसमा एक हजार १०६, भारतमा ५८४, ब्राजिलमा ४०९, बेलायतमा २६३ र टर्कीमा २१५जना रहेका छन् ।

यससँगै विश्वभर कोरानाका कुल संक्रमितको संख्या २४ करोड ५२ लाख ५५ हजार ९७६ पुगेको छ । तीमध्ये २२ करोड २३ लाख २९ हजार ४५ जना निको भइसकेका छन् भने ४९ लाख ७८ हजार १९८ जनाले ज्यान गुमाएका छन् ।