News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

क्राईम–न्यूज समाचार

दुर्घटनामा सहचालकको मृत्यु   

जाजरकोट । सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका –६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना हुँदा सह चालकको मृत्यु भएको छ ।
छेडागाड नगरपालिका –१० धारामा दुर्घटना हुँदा कुशे ६ का २४ वर्षका सहचालक रामबहादुर सिंहको मृत्यु भएको प्रहरीले जनाएको छ । डिजेल बोकेर गएको ट्रयाक्टर आज बिहान दुर्घटनामा परेको थियो । जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीवजारबाट तेल ढुवानी गरिदैँ आएको छ ।