News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय समाचार

भारतसँगको विवाद चर्चामा रहेका बेला सीमा सुरक्षाका लागि चीनले ल्यायो नयाँ कानुन

काठमाडाै‌ । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून पारित गरेको छ । भारतसँग जारी सीमा विवाद लगायतका समस्याबीच नयाँ कानून पारित गरिएको हो ।

चीनको आधुनिक इतिहासमै पहिलो पटक पारित गरिएको नयाँ कानूनमा १४ मुलुकसँग जोडिएको २२ हजार एक सय किलोमिटर लामो सीमा रक्षा गर्ने विषय उल्लेख छ । शनिबार पारित गरिएको स्थल सीमानासम्बन्धी कानून जनवरीदेखि लागू हुने अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएको छ ।

भारतसँगको जारी सीमा विवाद, तालिबान नियन्त्रित अफगानिस्तानसँग जोडिएको आफ्नो सीमामा हुन सक्ने असुरक्षा र दक्षिण-पूर्वी एसियाली राष्‍ट्रबाट कोभिड भित्रिइरहेको अवस्थामा सीमा सुरक्षासम्बन्धी नयाँ सुरक्षा पारित गरिएको हो ।

नयाँ कानूनअनुसार चीनको जनमुक्ति सेनाले आफ्नो सीमामा हुने आक्रमण, अतिक्रमण, घुसपैठ र उक्साहटपूर्ण व्यवहार रोक्ने जिम्मेवारी पाएको छ । त्यस्तै बेइजिङले उचित ठानेमा अन्य मुलुकसँगका नाका बन्द गर्न सक्ने कार्यढाँचाको व्यवस्था पनि नयाँ कानूनमा गरिएको छ ।

पछिल्लो समय चिनियाँ अधिकारीहरु भारतसँगको सीमा विवादबाट मात्रै चिन्तित छैनन् । सिनजियाङ प्रान्तमा इस्लामिक अतिवादीहरु प्रवेश गरी स्थानीय उइगुर मुस्लिमसँग सम्पर्क राख्न सक्ने कुराले समेत उनीहरु त्रसित देखिन्छन् ।

त्यस्तै, भियतनाम तथा म्यानमारबाट अवैध तरिकाले आउने आप्रवासीमार्फत् कोभिड-१९ संक्रमण फैलिन थालेपछि चिनियाँ अधिकारी सजग हुन थालेका छन् ।

डनन्यूज ट्रेन्डिङ