News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २५३ जनाको पीसीआर परीक्षणमा ५७४ र २ हजार १२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३४ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ९३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया