
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३डुलुवाको अध्यक्षमा योगेश भट्टराई
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल “ट्रूथ सोशल” सार्वजनिक गर्ने योजना घोषणा गरेका छन्। ट्रम्पले उक्त सामाजिक सञ्जाल “ठूलो प्रविधि कम्पनीको अत्याचारविरुद्ध उभिने” बताउँदै तिनले अमेरिकाका “विद्रोही आवाज”लाई स्थान नदिएको बताएका छन्।
उनले अध्यक्षता गर्ने ट्रम्प मिडिया एन्ड टेक्नोलजी ग्रूप टीएमटीजीले भिडिओ स्ट्रीमिङ सेवा पनि सुरु गर्ने बताएको छ। ट्रम्पका समर्थकहरूको भिड अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटनापछि उनलाई ट्विटर र फेसबुकजस्ता सामाजिक सञ्जालहरूबाट निलम्बित गरिएको थियो।
त्यस यता उनी र उनका सल्लाहकारहरूले वैकल्पिक सामाजिक सञ्जाल सुरु गर्ने सङ्केत गरिरहेका छन्। यो वर्षको सुरुमा ट्रम्पले फ्रम द डेस्क अफ डोनल्ड जे ट्रम्प नामको साइट सुरु गरेका थिए जसलाई उनको ब्लग भन्ने गरिएको थियो। तर सो साइट एक महिनापछि नै स्थायी रूपमा बन्द गरियो।
उनका तात्कालिक प्रमुख सहायक जेसन मिलरले त्यसलाई “उनीहरूले काम गरिरहेको ठूलो प्रयासको एउटा सहयोगी अंश” मात्रै भएको बताएका थिए।
टीएमटीजीका अनुसार ट्रूथ सोशलको आगामी महिना केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ अनि त्यसपछि सन् २०२२ को पहिलो तीन महिनामा अमेरिकामा उपलब्ध हुनेछ।
ट्रम्पले लेखेका छन्, “हामी यस्तो संसारमा बाँचिरहेका छौँ जहाँ तालिबानको ट्विटरमा ठूलो उपस्थिति छ तर तपाईँको मन पर्ने अमेरिकी राष्ट्रपतिलाई चुप लगाइएको छ।”
“सबैले मलाई सोध्छन् किन कोही ठूलो प्रविधि कम्पनीविरुद्ध उठ्दैनन्? हामी चाँडै नै आउनेछौँ!” टीएमटीजीले भिडिओ सेवामा समाचार, पडकास्ट र अन्य सुविधा उपलब्ध हुनेछ। ट्रम्पको घोषणा उनको पूर्वसहयोगी जेसन मिलरले गेटर नामक अर्को सामाजिक सञ्जाल कम्पनी सुरु गरेको महिनापछि आएको हो। बीबीसी