News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार स्वास्थ्य

कोरोना संक्रमित ३६ वर्षीय महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमित पोखरा महानगरपालिका वडा नं. १३ की ३६ वर्षीय महिलाको हिजो राती ११ बजे उपचारका क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड १९ उपचार केन्द्रमा आईसियुमा भर्ना गरिएकी ती महिलाको मृत्यु भएको अस्पतालले आज विहान जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ती महिला कोभिड–१९, वाईल्याटरल निमोनिया लगायतका समस्याका कारण मृत्यु हुन पुगेको अस्पतालले बताएको छ । कोभिड–१९ पोजेटिभ भई प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुने उनी बिसौं संक्रमित हुन् । प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले विज्ञप्ति जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

डनन्यूज ट्रेन्डिङ