
१जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, विचौलिया पदम न्यौपाने पनि मुछिए
२पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दा पर्यटनमन्त्री गनेस पौडेलको ‘अवैध’ घर जोगिएला त ?
३समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
४संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
५‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
६लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
७बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
८आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
९अध्यादेशको दायरा बाहिर गभर्नर र सरकारी बैंकका उच्च पदाधिकारी : पद यथावत रहने
१०राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी पदमुक्त, विशेष अध्यादेश जारी
११राष्ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
१२फेवातालमा डुबेर १० वर्षीय बालकको मृत्यु
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
८अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
९सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरा बाबु–छोरासहित २९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०डेभिजफल क्लबको अध्यक्षमा दीपक सुवेदी सर्वसम्मत चयन
११पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
सन्तोष गौतम
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।
पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे) सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु. दश लाख र गाउँपालिकाले रु. एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताउनुभयो । होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।
पर्यटकका लागि झाँक्रीपानीमा दृष्यावलोकनस्थल (भ्यु टावर) निर्माण भएको छ । गाउँपालिकाको रु. २५ लाख अनुदान र रु. ७ लाख बराबरको श्रमदानमा टावर बनाइएको हो । तीनतले भ्यु टावर १४ मिटर अग्लो भएको गाउँपालिकाका प्राविधिक विपीन आचार्यले बताउनुभयो । टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले एक रोपनी नौ आना जग्गा उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाले रु. २८ लाख खर्च गरिसकेको सामुदायिक भवनलाई रङ्गरोगन र फर्निचर व्यवस्थापनका लागि चालू आवमा थप रु. तीन लाख पचास हजार विनियोजन गरेको छ । सो भवनमा पाहुनालाई राखेर स्वागत र स्थानीय संस्कृति देखाउन प्रयोग गरिनेछ ।
पालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाले बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने सडक स्तरोन्नति र पुलचोक–नेटा हुँदै पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको बताउनुभयो । स्थानीयवासी सोम छन्त्यालले सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुविधासँगै झाँक्रीपानीमा पर्यटक यहाँ आकर्षित भएको बताउनुभयो ।
समुद्री सतहदेखि दुईहजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीयबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े रेञ्जका १६ भन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
सूर्याेदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली थप आकर्षण भएको बेनीबाट झाँक्रीपानी घुम्न गएका कृष्ण जिसीले बताउनुभयो ।
बेनी नगरपालिका–४ राक्सेकी हीरा शर्माले झाँक्रीपानीको प्राकृतिक सौन्दर्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । बेनीदेखि गाडीमा एक घण्टा ३० मिनेट, तातोपानी र बाबियाचौरदेखि तीन घण्टा पैदल यात्रा गरेर झाँक्रीपानी पुगिन्छ ।
परापूर्वकालमा झाँक्रीले तिर्खा लागेर आफूले टेकेको लट्ठी गाड्दा पानीको मूल फुटेकाले झाँक्रीपानी नाम रहन गएको स्थानीयवासी दर्पण रोकाले बताउनुभयो । झाँक्रीपानीमा २०६७ मा महोत्सव आयोजना गरेका बरंजाबासीले म्युजिक भिडियो समेत तयार पारेका छन् ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले झाँक्रीपानीमा बाह्यपर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार रत्नेचौर–भकुण्डे–बेलढुङ्गा–गम्फाको धुरी–झाँक्रीपानी–निस्कोट बराह–दुर लेक–सोलेडाडा–देवीस्थान हुदै ताकमकोत जोड्ने पर्यटन पदमार्गको परिकल्पनासमेत गरिएको छ ।
कालाबाङ्गमा केन्द्रीय लाइनको विद्युत विस्तार
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।
दशैँकै बीचमा पाँचबस्तीका ५० घरमा विद्यत विस्तारपछिस्थानीयवासीमा खुसीयाली छाएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीमा विद्युतीकरण गरेको स्थानीयवासी भेषकुमार शेरपुञ्जालीले जानकारी दिनुभयो । यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए ।
केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुने शेरपुञ्जालीले बताउनुभयो ।
सो गाउँपालिकाले ६ को भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रायखोर, मुलपानी र उल्लेरीमा विद्युतीकरणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।
कूल ७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा रु. दुई लाख ६१ हजार ७०० खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ । रासस
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
५पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ