
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
सन्तोष गौतम
म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन रु. ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।
पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे) सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले रु. दश लाख र गाउँपालिकाले रु. एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताउनुभयो । होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।
पर्यटकका लागि झाँक्रीपानीमा दृष्यावलोकनस्थल (भ्यु टावर) निर्माण भएको छ । गाउँपालिकाको रु. २५ लाख अनुदान र रु. ७ लाख बराबरको श्रमदानमा टावर बनाइएको हो । तीनतले भ्यु टावर १४ मिटर अग्लो भएको गाउँपालिकाका प्राविधिक विपीन आचार्यले बताउनुभयो । टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले एक रोपनी नौ आना जग्गा उपलब्ध गराउनुभएको थियो । गाउँपालिकाले रु. २८ लाख खर्च गरिसकेको सामुदायिक भवनलाई रङ्गरोगन र फर्निचर व्यवस्थापनका लागि चालू आवमा थप रु. तीन लाख पचास हजार विनियोजन गरेको छ । सो भवनमा पाहुनालाई राखेर स्वागत र स्थानीय संस्कृति देखाउन प्रयोग गरिनेछ ।
पालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाले बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने सडक स्तरोन्नति र पुलचोक–नेटा हुँदै पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको बताउनुभयो । स्थानीयवासी सोम छन्त्यालले सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुविधासँगै झाँक्रीपानीमा पर्यटक यहाँ आकर्षित भएको बताउनुभयो ।
समुद्री सतहदेखि दुईहजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीयबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ«े रेञ्जका १६ भन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।
सूर्याेदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली थप आकर्षण भएको बेनीबाट झाँक्रीपानी घुम्न गएका कृष्ण जिसीले बताउनुभयो ।
बेनी नगरपालिका–४ राक्सेकी हीरा शर्माले झाँक्रीपानीको प्राकृतिक सौन्दर्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । बेनीदेखि गाडीमा एक घण्टा ३० मिनेट, तातोपानी र बाबियाचौरदेखि तीन घण्टा पैदल यात्रा गरेर झाँक्रीपानी पुगिन्छ ।
परापूर्वकालमा झाँक्रीले तिर्खा लागेर आफूले टेकेको लट्ठी गाड्दा पानीको मूल फुटेकाले झाँक्रीपानी नाम रहन गएको स्थानीयवासी दर्पण रोकाले बताउनुभयो । झाँक्रीपानीमा २०६७ मा महोत्सव आयोजना गरेका बरंजाबासीले म्युजिक भिडियो समेत तयार पारेका छन् ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले झाँक्रीपानीमा बाह्यपर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार रत्नेचौर–भकुण्डे–बेलढुङ्गा–गम्फाको धुरी–झाँक्रीपानी–निस्कोट बराह–दुर लेक–सोलेडाडा–देवीस्थान हुदै ताकमकोत जोड्ने पर्यटन पदमार्गको परिकल्पनासमेत गरिएको छ ।
कालाबाङ्गमा केन्द्रीय लाइनको विद्युत विस्तार
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कालाबाङ्ग गाउँमा केन्द्रीय प्रसारण लाइनको विद्युत सुविधा विस्तार भएको छ ।
दशैँकै बीचमा पाँचबस्तीका ५० घरमा विद्यत विस्तारपछिस्थानीयवासीमा खुसीयाली छाएको छ । नेपाल विद्युत प्राधिकरण बेनी वितरण केन्द्रले पाखापाखानीको कमथानदेखि घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङ्ग बस्तीमा विद्युतीकरण गरेको स्थानीयवासी भेषकुमार शेरपुञ्जालीले जानकारी दिनुभयो । यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि लघुजलविद्युत परियोजनाको विजुली, सोलार र टुकिमा निर्भर थिए ।
केन्द्रीय लाइन विस्तारपछि टेलिभिजन हेर्न, कम्प्युटर र ल्यापटप चलाउन, मोबाइल चार्ज गर्न, घरायसी काम गर्न र उद्योग व्यवसाय सञ्चालन गर्न सहज हुने शेरपुञ्जालीले बताउनुभयो ।
सो गाउँपालिकाले ६ को भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रायखोर, मुलपानी र उल्लेरीमा विद्युतीकरणका लागि सिम्रिक एयरको हेलिकप्टरबाट ट्रान्सफर्मर ढुवानी गरिएकोे वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताउनुभयो ।
कूल ७५५ किलोग्राम तौल भएका १०० केभीए क्षमताका दुई वटा ट्रान्सफर्मर हेलिकप्टरमा झुण्डाएर ढुवानी गर्दा रु. दुई लाख ६१ हजार ७०० खर्च भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो । रायखोर, मुलपानी र उल्लेरीका ९१ घरमा ६५० जनसङ्ख्याको बसोबास छ । रासस
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर