News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

देशभरको मौसम बिहीबारदेखि शनिबारसम्मै बदली हुने, कहाँ-कहाँ पर्नसक्छ ठुलो पानी ?

काठमाडौँ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आगामी तीन दिनको मौसम विश्लेषण गरी जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार यो क्रम पर्सी (शनिबार)सम्मै कायम रहने जनाएको छ ।

उक्त स्थानहरुका पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्क रहन महाशाखाले अनुरोधसमेत गरेको छ ।