
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पाल्पा । पर्यटकीय गन्तव्यस्थल रहेका तालपोखरामा डुङ्गा सुचारु भएपछि चहलपहल बाक्लिदैछ । पहिलो चरणको कोरोनाको कहर सुरु भएदेखि नै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बन्द गरिएको थियो । रामपुर नगरपालिका ६ स्थित यस पर्यटकीय तालपोखरामा डुङ्गा सेयर गर्दै तस्बिर खिचाउने, टिकटक बनाउने र ताल वरपर घुम्ने आन्तरिक पर्यटक बढ्दैछन् ।
नेपाल महिला संघ रामपुर नगर उपसभापति सावित्रा गैह«ेले भन्नुभयो, “कोभिड –१९ ले अन्यत्र घुम्न जान नपाएका अवस्थामा डुङ्गामा रमाउँदा धेरै रमाईलो भयो, पर्यटक आउने फर्कने क्रम चलिरहेको छ, यहाँको वातावरणले पर्यटकलाई लोभ्याइरहेको छ ।”
स्थानीयवासी पार्वती न्यौपाने डुङ्गा सयर गरेर मन्दिर परिक्रमा गर्दा फेवातालको जस्तै अनुभूति गर्नुहुन्छ । कोरोनाले डुङ्गा बन्द भएका बखत पनि तालको रमणीय वातावरणसंग बेला बेलामा आउने गरेको उनले जानकारी दिए। डुङ्गा बन्द गरिएपनि विभिन्न स्थानबाट आन्तरिक पर्यटक तालपोखराको बाहिरी परिसर घुमेर मात्रै भएपनि फर्कने गर्थे ।
कोरोनाको जोखिम कम हुदै गएपछि पर्यटकलाई लक्षित गरी संबिधान दिवसको अवसर पारी तालपोखरामा डुङ्गा सञ्चालनमा ल्याइएको तालपोखरा संरक्षण समितिका अध्यक्ष सागरप्रसाद देवकोटा बताए ।
“ताल वरपर, उद्यान परिषरमा आन्तरिक पर्यटहरु भरिन थाले, टाढा टाढाबाट पनि डुङ्गा चढ्नकै निम्ति आएका पर्यटकहरु यहाँ आउँदा डुङ्गा चढ्न नपाएर निराश भएर फर्कनुहुन्थ्यो, अहिले कोरोनाको कहर कम हुदै गएको छ, चाडपर्व पनि सुरु हुन थालेपछि स्वास्थ्य मापदण्ड पालना गरी डुङ्गा चालु गरियो” उनले भने ।
समितिका सदस्य जनक भण्डारीका अनुसार डुङ्गा सयर गर्न प्रतिव्यक्ति रु ५० शुल्क कायम गरिएको छ । हाल यहाँ तीन डुङ्गा प्रयोगका निम्ति व्यवस्थापन गरिएको छ । टिकटक बनाउन र फोटो, भिडियो खिच्नका निम्ति अहिले धेरै आउने गरेको जनाइएको छ ।
उनले भने , “बन्द भएको लामो समय पश्चात् डुङ्गा सुरु गरिएको हँुदा हाल तालमा दैनिक ५०÷६० ले डुङ्गा सयर गर्नुहुन्छ, कतिपय पर्यटकहरु भने बाहिरबाटै अवलोकन गरेर फर्कनुहुन्छ, डुङ्गाका कारण पर्यटक आउने जानेक्रम बढ्दै गएको छ” ।
पोखराको फेवातालको अनुभूति दिलाउने गरी पर्यटकीय पूर्वाधारका कार्यहरु भएपछि अहिले रामपुरको पर्यटन विकासमा यसले ईट्टा थपिदिएको छ । यसअघि डुङ्गा सुचारु हुदाका समय ताल अवलोकनका निम्ति यहाँ देशका पूर्व देखि पश्चिमका आन्तरिक पर्यटक भित्रिएको समितिले जनाएको छ । पर्यटकको उपस्थिति बढ्दै गएपछि विसं २०७४ माघ २४ गते देखि तालपोखरामा डुङ्गा सञ्चालन सुरु गरियो ।
नियमित दुई वटा डुङ्गा सञ्चालन हुदै आएकोमा कोरोनाको कहर सुरु भएपछि स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै डुङ्गा सञ्चालन बन्द गरिएको थियो । तालपोखरामा थप पूर्वाधार विकास गरी बाह्य पर्यटकलाई समेत यहाँ अवलोकनका लागि भित्र्याउने योजना बनाएको समितिका सचिव सुनिल देवकोटाले जानकारी दिए ।
तालपोखरा उद्यान नजिकै बाल उद्यान निर्माण, पश्चिमपट्टीको भागमा कफी हाउस र मिनि उद्यान स्थापना गर्ने, पूर्वपट्टीको भागमा रहेको पिपलको चौतारीलाई पर्यटकीय आकर्षणको रुपमा विकास गर्ने, सोही ठाउँ नजिकै बाल उद्यान निर्माण गरी नमुना पर्यटकीय गन्तव्यस्थल बनाइने समितिका पूर्व अध्यक्ष देवराज देवकोटाले जानकारी दिए ।
एक सय पर्यटकीय गन्तव्यस्थलका रुपमा सुचिकृत पर्यटकीय तालपोखरामा विभिन्न स्तरोन्नतीका कार्यहरु सम्पन्न गरिएपछि यसको सुन्दरताले पर्यटकलाई लोभ्याएको छ ।
गत आर्थिक वर्षमा पर्यटन विभागबाट तालपोखराको स्तरोन्नतीका लागि विनियोजित रु ५० लाखमध्ये रु ४७ लाख २३ हजार ५८ रकम प्राप्त भएको थियो । सो रकमबाट तालको पानीलाई दीगो व्यवस्थापन गर्न करिव चार महिना पानी सुकाएर तालपोखरा परिषरमा ८० मिटर लम्बाई र ३.७० मिटर उचाई ढुंगाको पर्खाल तथा तीन सय मिटर लम्बाई, तीन मिटर उचाई रडको जाली सहित भित्ता ढलानको काम भएको छ ।
साथै तालका बीचमा रहेको जलेश्वर महादेवको मन्दिर परिसरमा सेल्फी जोन निर्माण, तालको सतह सम्याउने लगायतका विभिन्न कार्य भएका छन् । श्रीमद्भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गरी विसं २०६६ बाट यहाँ पर्यटन प्रबद्र्धन सुरुआत गरी गरिएको थियो ।
हालसम्म विभिन्न क्षेत्रका सहयोगमा पर्यटकीय पूर्वाधार विकासमा रु तीन करोड ५० लाख भन्दा बढी रकम खर्च भइसकेको छ भने यस आर्थिक वर्षमा रामपुर नगरपालिकाले डुङ्गा लगायतका विभिन्न जलमार्ग सामग्री खरिद गर्न रु दश लाख रकम विनियोजन गरेको छ ।
पाल्पा सदरमुकाम तानसेन देखि करिव ६५ किलोमिटर पूर्व रामपुरमा अवस्थित तालपोखरा करिव ४५ रोपनी क्षेत्रफलमा पानी सहितको ताल रहेको छ । तालको बीच भागमा जलेश्वर महादेवको मन्दिर छ । तालको वरिपरी घेराबार, प्रवेशद्वार, पर्यटकका निम्ति तस्बिर खिचाउन तालको आडैमा सेल्फी जोनको व्यवस्था छ ।
तालपोखराको नाममा पोखरी सहित पार्क समेत रहेको छ । पार्कमा विभिन्न कार्यक्रम, वनभोज समेत हुने गरेको छ । ताल र पार्क सहित करिव ७५ रोपनी क्षेत्रफल तालपोखरा समितिको नाममा रहेको छ । सामान्य वर्षायामको पानी जम्मा हुने पोखरीलाई विकास गरी तालका रुपमा परिणत गरिएको हो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो