
१‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
३डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
४ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
५पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
६डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
७पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
८विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
९सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १ वडा कार्यालयस्थित वडाअध्यक्षको कार्यकक्षमा आगजनी गरिएको छ। आज बिहान सवा १० बजेतिर बांगे सिमलमा बस्दै आएका वास्तान लामिछानेले आगो लगाएको प्रहरीले जनाएको छ।
आगजनीबाट कार्यालयका कुर्सी, सोफा, दराज र त्यहाँ रहेका सबै कागजातहरु जलेर नष्ट भएको छ। बुधबार बिहान ८ बजे नै एक कार्यक्रममा सहभागी हुन आफू राजधानी आएको समयमा आगजनी भएको वडाध्यक्ष गंगाराम सुनारले बताए।
‘वीरेन्द्रनगर वडा नं १ वांगेशिमल बस्ने २५ वर्षको वास्तान लामिछानेले मलाई कार्यालयको फोन नम्बरबाट आज बिहान १० बजेर ४ मिनेटमा फोन गरेर २ मिनेटमा कार्यालय आइपुग्न धम्की दिएका थिए‘, वडाअध्यक्ष सुनारले भने, ‘आफू शुभ होटलमा एक कार्यक्रममा रहेको र केही समय लाग्ने हतार भए कागज लिएर आउन भन्दा घाँटी चिलाएको छ कि भनेर धम्क्याए।’
त्यसपछि कार्यालय सहयोगीसँग उनले पानी खाने भन्दै बोतल मागेर पेट्रोल ल्याई कार्यकक्षमा आगजनी गरेका हुन्। कर्मचारीहरूले रोक्न खोज्दा हातमा खुँडा देखार तर्साएको बताइएको छ।