
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पर्वत । जिल्लामा मुस्लिम बालबालिकाहरुले अध्ययन गर्ने मदरसा नहुँदा मस्जिदमै कक्षा सञ्चालन गरिएको छ । यसका लागि जग्गा नहुँदा ती समुदायले अल्लाहको प्रार्थना गर्ने र नमाज पढ्ने ठाउँमै मदरसा सञ्चालन गरिएको हो ।
ती समुदायका बालबालिकालाई धार्मिक शिक्षा दिन तथा उनीहरूलाई उर्दू भाषा अध्यापन गराउने ठाउँ मदरसा हो । मदरसा नभएकै कारण कुश्मामा बसोबास गर्दै आएका मुस्लिम समुदायका बालबालिकालाई मस्जिदमा राखेर पठनपाठन गर्दै आइएको छ । बालबालिकालाई पढाउनुपर्ने बाध्यता भएकाले मस्जिदमा राखेर भए पनि अध्यापन गराइएको हो ।
“मस्जिदमा प्रार्थना गर्न आउने हो । यहाँभित्र छिर्न निश्चित पोसाक ताकिएको हुन्छ । तर यहाँ मदरसा नहुँदा मस्जिदमा नै कक्षा चलाउनु परेको छ । हामीलाई सहयोग गर्न आउने तथा अनुगमन गर्न आउने मान्छे हाम्रो पोसाकमा आउने कुरा पनि हुँदैन,” मौलाना (शिक्षक) मोहम्मद अकबर अलीले भने, “हामी थोरै सङ्ख्यामा भएका कारण पनि होला कसैले वास्ता नगरेको, सरकारले हामीलाई हेरिदिए हुने हो ।”
विसं २०६८ मा कक्षा १ देखि पठनपाठन सुरु गर्न अनुमति पाएको भए पनि कक्षा चढाउने गरी समेत पठनपाठन हुन सकेको छैन । मस्जिदमा ५८ विद्यार्थी नियमित रूपमा अध्ययनका लागि आउने गरेका छन् । बिहान र बेलुका दुई समयमा उर्दू भाषाको अध्यापन गराइन्छ तर कक्षा चढ्ने भन्ने चाहिँ हुँदैन ।
मुस्लिम सेवा समितिका सचिव अस्गर अली मियाँले आफूहरू कुश्मामा अल्पसङ्ख्यक भएका कारण नै कसैको ध्यान मुस्लिमको समस्यामा नगएको बताउनुहुन्छ । मुस्लिम समुदायको मदरसा मात्र नभई अन्य थुप्रै समस्या रहेको उनले बताए । “नगरपालिकाले वर्षको एकपटक एक लाख रुपैयाँ दिने गरेको छ । त्यसले त शिक्षकलाई ६ महिनाको तलब पनि पुग्दैन, हामीले चन्दा उठाएर मौलानालाई दिने गरेका छौँ,” उनले भने, “हामीलाई मस्जिदबाहिर छुट्टै ठाउँमा मदरसा र त्यहाँ स्थायी रूपले पढाउने एकजना शिक्षक चाहिएको छ ।”
कुश्मा नगरपालिकाको शिक्षा शाखाका अधिकृत दीपक सुवेदीले नगरपालिकाले मदरसामा सहयोग गर्ने चाहना राखेको भए पनि मदरसा सञ्चालनका लागि सरकारले तोकेका मापदण्डहरू पूरा नभएका कारण सबै काम गर्न नसकिएको जानकारी दिए। विद्यालय सञ्चालनका लागि नगरपालिकाका तर्फबाट वार्षिक रु एक लाख नियमित अनुदान दिँदै आएको र गत आर्थिक वर्ष थप रु दुई लाख ४१ हजार दिइएको उनको भनाइ छ ।
“विसं २०६८मा अनुमति पाएको विद्यालय अहिले पनि उस्तै किन ? किनकि राज्यले तोकेका मापदण्ड र नीति पूरा गरेपछि मात्र अन्य विद्यालयले पाउने जस्तै गरी अनुदान पाउन सकिन्छ”,उनि भन्छन , “विद्यालयको नाम के हो भन्ने थाहा छैन, विद्यालयको नाम भएको होर्डिङ बोर्ड छैन, लेटर प्याड र छाप पनि छैन । बिहान र बेलुका आफ्नो तरिकाले यहाँ पढाइ भएको छ । तर १० देखि ४ बजेसम्म पढाइ हुनुपर्छ ।”
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले मदरसालाई अहिलेकै अवस्थामा राख्ने वा विद्यालय जसरी अगाडि बढाउने भन्ने कुरा मुस्लिम समुदायको निर्णयमा भर पर्ने बताउँछन् । अगाडि बढ्ने हो भने राज्यले मदरसाका लागि तयार पारेको पाठ्यक्रमअनुसार कक्षा सञ्चालन गर्दै अरू मापदण्ड पनि पूरा हुने र मस्जिदबाट मदरसा हटाउने हो भने कुश्मावासी सबैको सहयोग आवश्यक हुने बताउनुभयो ।
कुश्माको मदरसामा अध्ययन गर्दै आइरहेका विद्यार्थीहरु बिहान–बेलुकाको समयमा उर्दू भाषा सिक्ने र दिउँसोको समयमा कोही सामुदायिक त कोही निजी विद्यालयमा अध्ययन गर्दै आइरहेका छन् । पर्वतमा दुई ठाउँमा मात्र मदरसा छन् । कुश्माबाहेक जलजला गाउँपालिकाका वारि बेनीमा रहेको छ । वारि बेनीको मदरसा व्यवस्थापनका लागि म्याग्दी सदरमुकाम बेनी बजारमा बस्दै आएका मुस्लिम समुदायसमेत लागिपरेका कारण त्यहाँ भने समस्या देखिएको छैन ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव