
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनप्रति सचेत रहन सबैमा आग्रह गरेका छन् । सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालयले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा आज आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले आफूले ताजा जनादेशमा जान खोज्दा प्रतिगमन भयो भन्नु संविधानको मर्म र भावनाविपरीत भएको टिप्पणी गरे।
उनले आफ्नो सरकारको पालमा प्रतिगामी शक्तिले पुनः टाउको उठाउन नसकून् भनेर संविधान कार्यान्वयनका लागि सक्रिय प्रयास भएको बताए ।
अध्यक्ष ओलीले सामाजिक जीवनका सबै पक्षको सवलीकरण, शिक्षा, स्वास्थ्य, रोजगारी, आवासजस्ता विषयलाई संविधानले मौलिक हकमा समावेश गरेकाले यो संविधान उत्कृष्टभित्र पर्ने बताउँदै यस संविधानले केन्द्रीकृत सामन्ती शासनलाई विकेन्दीकृत गर्दै वास्तविक अधिकार स्थानीय तहसम्म लगेको तथा स्थायित्व र समृद्धिको दिशामा मार्गदर्शन गरेको जनाए । उनले भने , “यो संविधान ऐतिहासिक दस्तावेज हो । हाम्रो पार्टी यो सफलताप्रति गर्व गर्छ ।
यसको रक्षा, कार्यान्वयन र विकासमा प्रतिबद्ध रहन्छ । सभामुखलगायत संवैधानिक निकायका पदाधिकारीबाट पदअनुसारको मर्यादा र अचारण होस् भन्ने हाम्रो अपेक्षा हो । नत्र संविधान कागजको खोष्टोमा परिणत हुने खतरा रहन्छ । त्यसले लोकतन्त्र र देशलाई नोक्सान पु¥याउँछ ।”
अध्यक्ष ओलीले लाभका लागि संविधानअन्तर्गत पदको सपथ खाने र फेरि संविधानमाथि मतभेद कायम छ भनेर नक्कली कुरा गर्ने प्रवृत्तिलाई पनि चिरेर अघि बढ्दै राष्ट्रिय आकाङ्क्षालाई पूर्ति गर्न पूर्ण लोकतन्त्रका पक्षमा पार्टी प्रतिबद्ध रहेको जनाए।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान निर्माण गर्दा बृहत्रुपमा छलफल भएको स्मरण गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानका सारभूत पक्षमा हाल कुनै परिवर्तन गर्न आवश्यक नभएको बताए ।
संविधानसभाका अध्यक्ष नेम्वाङले विगतका संविधान राजा र शासक भएको स्थितिमा वर्तमान संविधान सार्वभौमसत्ता सम्पन्न जनताका प्रतिनिधिले बनाएको हुँदा यो पृथक र फरक भएको बताए ।
एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले नेपाली जनताले युगौँदेखि प्रतिक्षा गरिएको र जनताका प्रतिनिधिले संविधान बनाउने सपना पूरा भएको दिनका रुपमा आजको दिनलाई लिनुपर्ने बताए ।