
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
धनगढी । देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् ।
संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।
‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएका छौँ,’ उनले भने, ‘यस पटक पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताए । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।
थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको थारूले बताए । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएकोछ ।
प्रदेश सरकारले दिप प्रज्वलन गर्ने
सातौँ सविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भिडभाडका कार्यक्रम केही नगर्ने निर्णय गरेकोछ । प्रदेश सरकारले ३ दिनसम्म दिप प्रज्वलन गरेर संविधान दिवस मनाउने निर्णय गरेकोछ ।
कोरोना संक्रमणका कारण भिडभाड हुनेगरी सभा सम्मेलन नगर्ने प्रदेश सरकारले निर्णय गरेकोछ । प्रदेशका सबै सरकारी कार्यालय, मन्त्रालयमा २,३ र ४ गते दिप प्रज्वलन गरी ७ औं संविधान दिवस मनाउन लागेको हो ।