
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
८आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
९फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
काठमाडाैं । पछिल्लोपटक बनाइएको कार्यतालिकाअनुसार वडा अधिवेशन आउन दुई दिन मात्रै बाँकी रहे पनि नेपाली कांग्रेसले १३ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्न सकेको छैन।
सभापति शेरबहादुर देउवाले क्रियाशीलको सूची केन्द्रीय निर्वाचन समितिलाई दिएपछि उक्त समितिले पार्टीको वेबसाइटमार्फत् नामावली सार्वजनिक गर्ने व्यवस्था छ। महाधिवेशन कार्यतालिकाअनुसार यही असोज ५ मा २० जिल्लाभित्र वडामा अधिवेशन हुनुपर्नेछ।
तर कांग्रेसले प्रदेश नम्बर २ का आठ जिल्ला र रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतको क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न सकेको छैन। १३ जिल्लामध्ये कांग्रेसले चार जिल्लाको क्रियाशील सदस्यता विवाद भने मिलाइसकेको छ। डोल्पा, सर्लाही, सुर्खेत र कैलालीको विवाद मिले पनि नाम सार्वजनिक भएको छैन।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अब केही जिल्लामा मात्रै क्रियाशील सदस्यतासम्बन्धी विवाद बाँकी रहेको र छिट्टै विवाद समाधान गरिने सेतोपाटीलाई बताए।
‘अब धेरै मिलिसक्यो, केही जिल्लामा देखिएका विवाद छिट्टै समाधान हुन्छ,’ उनले भने। निर्वाचन समितिले भने प्रदेश नम्बर २ का आठवटै जिल्लाको सूची आएपछि एकैपटक सार्वजनिक गर्ने बताएको छ। सबैभन्दा धेरै विवाद प्रदेश २ मा छ।
अन्य पार्टीबाट आएकालाई कांग्रेसमा समायोजन गर्दाकै विवाद मिलेको छैन। कांग्रेसले भदौ १८ मा देशैभर वडा अधिवेशन गर्ने भने पनि ५६ जिल्लामा मात्रै पहिलो चरणमा अधिवेशन सकेको थियो।
वडा अधिवेशन ढिलाइ हुँदा गाउँ/नगर अधिवेशन प्रभावित बन्ने भएको छ। यही असोज ९ मा गाउँ/नगर अधिवेशन तोकिएका छन्। वडा सभापति र क्षेत्रीय प्रतिनिधि गाउँ/नगर अधिवेशनका मतदाता हुन्।
कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा १४ औं अधिवेशन गर्ने तय गरेको छ। वडा अधिवेशन नै समयमा नहुने भएपछि यो अधिवेशनको तालिका फेरि पनि प्रभावित हुने देखिएको छ।