
१पोखरा र भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवालाई दिइँदै आएको सहुलियत दुई वर्ष थप
२अध्यागमन हिरासतका चिनियाँ छुटाउन ७२ लाखको डिल
३श्रमिकका उजुरीमा श्रम विभागको कडा एक्सन : १ घण्टाभित्रै सम्बोधन नभए कर्मचारीमाथि कारबाही हुने
४भिटोफ गण्डकीको अध्यक्षमा रमेश अर्याल निर्वाचित
५१६ वर्षको प्रतीक्षापछि विश्व फुटबलको शिखरमा स्पेन
६पोखरा बसापर्क क्षेत्रमा २९९ परिवार सुकुम्वासी, २२० परिवारको अन्यत्र घरजग्गा
७पोखरामा शृंखलाबद्ध चोरी, ४ विदेशीसहित ९ जना विरुद्ध अनुसन्धान सुरु
८पर्वतमा ट्र्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु
९आफैँ ‘अन्याय’ को चपेटामा उच्च अदालत, तैपनि नागरिकलाई दिँदैछ द्रुत न्याय
१०स्याङ्जामा लागूऔषधसहित मालेपाटनका नरेन्द्र र सुरज पक्राउ
११कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१२मिटरब्याजलाई ‘गम्भीर आर्थिक अपराध’ घोषणा गर्ने सरकारको तयारी
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
६२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
७वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
८३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
९पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
१०‘चमत्कारी’ क्रिस्टलको नाममा अरबौँको सपना देखाएर लाखौँको ठगी : पोखराबाट ६ जना पक्राउ
११गण्डकी प्रदेश सरकारद्वारा ८ हजार मिटरका हिमाल आरोहीलाई ६ आरोहीलाई सम्मान
१२गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
एएफपी । तालिबानले काबुलमा भएको विरोध प्रदर्शनको समााचार संकलन गर्ने पत्रकारलाई घण्टौ नियन्त्रणमा लिई निर्घात कुटपिट गरेर छोडेको छ ।
उनीहरूलाई प्रदर्शनस्थलबाट प्रहरी चौकीमा लगिएको थियो । विरोधलाई संगठित गरेको आरोप लगाउँदै डन्डा, विद्युतीय तार र कोर्राले हिर्काएको उनीहरूले बताएका छन् ।
“एकजना तालिबानले मेरो अनुहारलाई कंक्रिटतर्फ फर्काएर उसको खुट्टा मेरो टाउकोमाथि राखेर थिच्यो । उनीहरूले मेरो टाउकोमा हिर्काए … उनीहरूले मलाई मार्न गइरहेका थिए भन्ने सोचेँ,” फोटोग्राफर नेमातुल्लाह नक्दीले एएफपीलाई भने ।
समावेशी शासन चलाउने वाचा गरेको भएपनि तालिबानले आफ्नो शासनकोविरुद्ध बढिरहेको विरोधलाई दबाउनतर्फ अघि बढेको छ ।
बुधबार राति तालिबानले न्याय मन्त्रालयको अनुमतिविना गरिने प्रदर्शनलाई गैरकानुनी घोषणा गरेको छ ।
निर्घात कुटाइ खाएका नक्दी र उनका सहकर्मी ताकि दर्याबी इतिलात रोज (इन्फरमेसन डेलि)का रिपोर्टर हुन् । उनीहरू काबुलको प्रहरी चौकी अगाडि महिलाहरूले काम र शिक्षाको माग गर्दै गरेको आन्दोलनको समाचार संकलन गर्न गएका थिए ।
नक्दीले फोटो खिच्न सुरु गर्ने बित्तिकै तालिबन लडाकुले आफूमाथि हमला गरेको बताए ।
“उनीहरूले मलाई ‘तिमीले छायाङ्कन (फिल्म) गर्न सक्दैनौ’ भने,” उनले भने ।
“उनीहरूले छायाङ्कन गरिरहेका सबैलाई पक्राऊ गरे र उनीहरूको फोन लिए,” नक्दीले एएफपीलाई भने ।
नक्दीले तालिबानले आफ्नो क्यामेरा खोस्न प्रयास गरेको तर आफूले भिडमा अरू कसैलाई दिएर व्यवस्थापन गरेकको बताए ।
तीन जना तालिबानले उनलाई प्रहरी चौकीमा लगे र पिट्न सुरु गरे ।
तालिबान अधिकारीहरूले प्रतिक्रियाको लागि एएफपीले बारम्बार अनुरोध गर्दा पनि जवाफ दिएका छैनन् ।
आफूलाई ¥यालीको आयोजक भएको आरोप लगाएको भन्दै नक्दीले भने, “तालिबानले मलाई गाली गर्न र कुट्न सुरु गरे ।”
उनले आफूलाई किन पिटेको भनेर सोधे, उनलाई भनियो– “तँ भाग्यमानी छस्, तेरो टाउको त काटिएन ।”
अन्ततः नक्दीलाई भिडभाडयुक्त कक्षमा लगियो जहाँ उनले आफ्नो सहकर्मी दर्याबीलाई भेटे, उनी पनि पक्राउ परेका थिए र कुटिएका थिए ।
“हामी यति धेरै पीडामा थियौँ कि हलचल गर्न पनि सक्दैनथ्यौँ,” दर्याबीले बताए ।
तालिबानले केही घण्टापछि कुनै स्पष्टीकरणविना उनीहरूलाई अपमानजनक ढंगले छोडिदिएको थियो । “उनीहरूले हामीलाई शत्रुका रूपमा हेर्छन्,” तक्कीले भने ।
तालिबानले स्पष्ट नपारिएकोे इस्लामिक सिद्धान्त अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्ने दाबी गरिहरेको छ । यद्यपि, प्रदर्शनका समाचार संकलन गर्ने पत्रकारहरूमाथि दुव्र्यवहार बढिरहेको छ ।
हालैका दिनहरूमा आन्दोलन र विरोध प्रदर्शनका समाचार संकलन गर्ने क्रममा दर्जनौ पत्रकारहरू कुटिएको, पक्राउ परेको र समाचार संकलन गर्नबाट वञ्चित गरिएका समाचारहरू आइरहेका छन् । जुन १९९० को दशकमा पहिलोपटक शासन गरेको तालिबानले यस्तो विरोध हुन्छ भन्ने सोचेका थिएनन् ।
विदेशी मिडियाका पत्रकारभन्दा पनि अधिकांश अफगान पत्रकाररूलाई तालिबानले दुव्र्यवहार गरेको छ ।
हालैका प्रदर्शनहरूले तालिबानले सत्ता हातमा लिएपछि गरेको अधिक सहनशील शासन गर्ने र देशको शान्ति र समृद्धिकाको लागि काम गर्न गरेको प्रतिवद्धता प्रारम्भिक परीक्षण हुँदैछ ।
इटिलात रोज पत्रिकाका प्रमुख जाकी दर्याबीले तालिबानको भनाइ खोक्रो रहेको बताए ।
“धरातलीय यथार्थलाई हेर्दा यो आधिकारीक बोली वास्तविकतादेखि पूरै फरक छ,” उनले भने ।
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
४गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
५पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ