
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
बलेवा, २० भदौ । करोडौँ खर्चिँदासमेत पहिराले क्षति पु¥याएको सडक मर्मत हुने सम्भावना नरहेको जनाउँदै बागलुङको दक्षिण जोड्ने सडकको वैकल्पिक मार्ग खोजी हुन थालेको छ । बागलुङ–कुश्मीशेरा सडकअन्तर्गत बागलुङ नगरपालिका–१० एक्लेसालमा पहिरो तर्काउने गरी नयाँ मार्ग खोजी गरिएको हो ।
काठेखोलामा रहेको पक्की पुलदेखि दक्षिणतर्फबाट पहिरो तर्काउने गरी वैकल्पिक मार्ग निर्माणका लागि बिहीबार सरोकारवालाले अध्ययन गरेका छन् । अक्षतेबाट गलुवा निकाल्ने गरी वैकल्पिक सडक बनाउनुपर्नेमा सरोकारवालाको जोड थियो । प्रतिनिधिसभा सदस्य, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, प्रशासन कार्यालय र सरोकारवाला कार्यालयका प्रतिनिधिसहितको समूहले पहिरो निरीक्षण गर्दै वैकल्पिक मार्गको बारेमा स्थलगत अध्ययन गरेका हुन् ।
यहाँ एउटै पहिराले तीनवटा सडकको चार ठाउँमा क्षति पु¥याएको छ । असार १ गतेबाट निरन्तर बगिरहेको पहिराले ठूलो गल्छी बनाएकाले सडक मर्मत गर्न कठिन रहेको पूर्वाधार कार्यालयका प्रमुख इञ्जीनियर शोभियत खड्काले बताउनुभयो । “यहाँको माटो र ढुङ्गाको प्रकृति बग्ने खालको छ, पानीको व्यवस्थापन नभएकै कारण ठूलो क्षति व्यहोर्नुप¥यो”, खड्काले भन्नुभयो, “यहाँ करोडौँ खर्चे पनि हिउँदका लागि मात्रै हुन्छ सडक, अर्को वर्षा उस्तै हो ।” पहिरो नियन्त्रणका लागि उपाय नरहेकाले पनि पहिलेकै अवस्थामा सडक सञ्चालन गर्ने अवस्था नरहेको बागलुङ नगरपालिका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।
“बेस घटाएर तत्कालका लागि खुलाउन सकिन्छ तर दिगो हुने देखिएन, माथिसम्म जमिन चर्किएको छ, अझै पहिरो गहिरो हुने सम्भावना छ”, उहाँले भन्नुभयो । अवलोकनाका लागि पुगेका प्राविधिकले पहिराको भौगर्भिक अध्ययन हुनुपर्ने सुझाव दिनुभयो । “हामीले मात्रै भनेर हुँदैन, यहाँको भूगोलको अवस्था राम्रोसँग जानकारी लिएर मात्रै विकल्पको विषयमा खोज्नुपर्छ”, इञ्जीनियर शर्माले भन्नुभयो, “दिगो हुनेगरी काम गर्न सडकको ट्रयाक परिवर्तन गर्नुपर्ने देखियो ।”
जिल्ला प्रशासन कार्यालयले भूगर्भ विभागलाई पत्राचार गरेर अध्ययनका लागि अनुरोध गर्ने जनाएको छ । “हामी पत्र लेख्छौँ, यहाँको भूगोलको अवस्थाका विषयमा अध्ययन गर्न भन्छौँ”, प्रजिअ शिवकुमार कार्कीले भन्नुभयो, “सडक बनेको लामो समय भयो, अहिले पहिरो किन गहिरिएर गयो भन्ने विषयमा अध्ययन हुन जरुरी छ ।” पहिरो खसेको क्षेत्रमा आउने भल बाढी तर्काउने विषयमा समेत अध्ययन भइरहेको उहाँले बताउनुभयो ।
पहिराले कालीगण्डकी करिडोरको बागलुङ–बलेवा खण्ड र त्यसको वैकल्पिक मार्गमा क्षति पु¥याएको छ । एक्लेसाल हुँदै भकुण्डे जाने सडक कामै नलाग्ने गरी भत्किएको छ भने बागलुङ–कुश्मीशेरा सडकमा दुई ठाउँमा गहिरो गल्छी बनाएको छ । पहिराका कारण गत असार १ गतेयता दक्षिण क्षेत्र बेलाबेलामा सडक सम्पर्कविहीन हुने गरेको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर