
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ, १९ भदौ । धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रह्यो । यस साता विशेषगरी नेप्सेको ओरालो यात्रा कायम रहन पुग्यो । झण्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० विन्दुमा ओर्लिएको छ ।
साताभर कूल २३० कम्पनीको कूल आठ करोड ३२ लाख ९० हजार ८६४ कित्ता शेयर रु ४७ अर्ब ६७ करोड ८७ लाख ११ हजार ८९ मूल्यमा खरिदबिक्री भए । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा सीमा लगाएपछि बजारमा त्यसले प्रभाव पारेको अनुमान गरिएको छ ।
यस साता कूल चार दिन शेयर कारोबार भयो । सोमबार सार्वजनिक बिदा परेकाले कारोबार भएन । साताको पहिलो दिन निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र जलविद्युत् उपसमूहको शेयर मूल्य उच्च अङ्कले ओरालो लागेपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लाग्यो ।
साताको पहिलो कारोबार दिनमा बजार उकालो लाग्ने अनुमानका बीच नेप्से ओरालो यात्रा तय गरेको थियो । त्यस दिन नेप्से ४९.१८ विन्दुले ओरालो लागेर तीन हजार ४४.८६ विन्दुमा सीमित भयो । ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ८.५७ विन्दुले घटेर ५६२.८८ मा ओर्लियो । कूल २२७ कम्पनीको दुई करोड ४८ लाख ८८ हजार ३१३ कित्ता शेयर रु १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५ मूल्यमा खरिदबिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये वित्त उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भयो । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ५४ अर्ब ३२ करोड १९ लाख दुई हजार ८४६ बराबर कायम भयो । कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब ३१ करोड ८३ लाख ४४ हजार ७७८ बराबरको कारोबार भयो । त्यस दिन नारायणी डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।
साताको तेस्रो दिन मङ्गलबार शेयर बजारमा उच्च अङ्कको पहिरो लाग्यो र नेप्से र कारोबार रकम दुवै घटे । जीवन बीमा तथा निर्जीवन बीमा समूहको शेयरमा उच्च अङ्कले गिरावट आएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । लगातार करेक्सन देखिन थालेको शेयर बजारमा देखिएको गिरावट पछिल्ला दिनहरु मध्येको सबैभन्दा ठूलो हो । झन्डै तीन हजार ३०० विन्दुको नजिक पुगेको नेप्से ओरालो लागेर दुई हजार ९०० को विन्दुमा ओर्लियो । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा ६९.०५ विन्दुले घटेर दुई हजार ९७५.८४ मा ओर्लियो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.३४ विन्दुले घटेर ५५०.५२ मा ओर्लियो । कूल २२७ कम्पनीको दुई करोड ३१ लाख नौ हजार ७१३ कित्ता शेयर रु १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत रु ४१ खर्ब ५७ अर्ब ८४ करोड ४१ लाख ८० हजारको हाराहारीमा ओर्लियो । कारोबार भएकामध्ये अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु एक अर्ब एक करोड पाँच लाख ७३ हजार ३८३ बराबरको देखियो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार झिनो अङ्कले सुधार भयो । त्यस दिन नेप्से १.१८ बिन्दुले सुधार भई दुई हजार ९७७.०२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१७ विन्दुले बढेर ५५०.६९ मा पुग्यो । कूल २२६ कम्पनीको एक करोड ७१ लाख ८२ हजार ८७१ कित्ता शेयर रु नौ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६५५ मूल्यमा कारोबार भयो । नेप्सेमा सोमबार र मङ्गलबार मात्रै झन्डै १२० अङ्कको गिरावट भएको थियो ।
कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । बैंकिङ ७.८९, होटेल तथा पर्यटन १३०.४३, जीवन बीमा ७४.५९ र लगानी ०.०१ विन्दुले उकालो लाग्यो । कारोबारका आधारमा त्यस दिन अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रही रु ५९ करोड ९९ लाख ३६ हजार बराबरको कारोबार भयो । बुधबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५९ अर्ब ४९ करोड १४ लाख पाँच हजार ४६४ बराबर पुग्यो ।
बिहीबार नेप्सेमा पुनः उच्च अङ्कको गिरावट देखियो । त्यस दिन नेप्से ५०.१३ विन्दुले घटेर दुई हजार ९२६.८९ मा ओर्लियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० विन्दुले ओरालो लागेर ५४१.७७ विन्दुमा ओर्लेको छ । नेप्से ओरोलो लागेसँगै कारोबार रकमसमेत ओरालो लाग्यो । कूल २३० कम्पनीको एक करोड ८१ लाख नौ हजार ९६७ कित्ता शेयर रु नौ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूहकै शेयर ओरालो लाग्यो । त्यस दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु ५७ करोड ४० लाख १२ हजार २९१ बराबरको कारोबार भयो । शेयर कारोबार हुने साताको अन्तिम दिनको अवस्थामा बजार पूँजीकरण रु ४० खर्ब ८९ अर्ब ५८ करोड ९४ लाख ६५ हजार ३९ बराबर पुग्यो ।