
१२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
४३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
७पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
८गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
९विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
१०अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
११एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
६काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
७रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
यतिबेलाको परिस्थितिलाई हेर्ने हो भने समाजका सबैभन्दा शक्तिशाली व्यक्तिहरुमा नेताहरु नै हुन् । यिनीहरुलाई कानुनले पनि छुँदैन । यिनीहरुलाई नैतिकताले पनि छुँदैन । यिनीहरुलाई बौद्धिकता पनि चाहिदैंन । यिनीहरुको विरोध गर्नेलाई राज्य संयन्त्रको नै प्रयोग गरेर सदाका लागि सिध्याउने परिस्थितिको निर्माण भईसकेको छ । यहाँ अन्याय, न्याय, सत्य, असत्य छुट्टयाउने निकाय नेताहरुको चरणमा स्खलित भईसकेको छ । न्यायालय होस् वा प्रहरी प्रशासन सबै नेताहरुको ईशारामा नाच्ने कठपुतली भईसकेको अवस्था छ । आफ्नो स्वार्थका लागि विदेशीको ईशारामा नाच्ने र देशलाई बर्बाद बनाउने ठुलो जमात राजनीतिमा देखा परेको छ । अब यसलाई नियन्त्रण र ठेगान लगाउने हो भने नयाँ युवा पुस्ता राजनीतिमा आउनु पर्छ । देश छाडेर वा राजनीति भन्दा बाहिर बसेर यो वेथितिलाई अब रोक्न सकिदैंन । र, यो वेथितिलाई रोक्न नयाँ शक्ति वा विकल्प खोजेर होइन, पुरानै दलहरुमा युवाहरुले जबरजस्त हस्तक्षेप अगाडि बढाउनु पर्दछ । किनभने आमसर्वसाधारण जनताको मानसिकता परिवर्तन भईसकेको अवस्था छैन । त्यसकारण नयाँ वैकल्पिक शक्तिको तत्काल उदय असम्भव छ ।
कारण, नयाँ वैकल्पिक शक्तिका रुपमा उदायका दलहरुको पतन छोटो समयमा नै भएको छ । त्यसैले सर्वसाधारण जनताले तत्कालै अब नयाँ वैकल्पिक दलहरुमाथि विश्वास गर्न सक्ने अवस्था छैन । बषौंदेखिको दलसँगको आवद्धता यतिसम्म छ कि नयाँ विचार वा दललाई स्वीकार्नु भनेको ‘पोईल जानु’ सरह ठान्ने जमात समाजमा ठुलो छ । यसकारण यो जमातलाई एकैपटक परिवर्तन गर्न सकिने अवस्था पनि देखिदैंन । त्यसकारण देश र समाज बनाउने पवित्र उद्देश्य बोकेर युवाहरुले पुरानै दलहरुमा सशक्त हस्तक्षेप गर्नैपर्छ । तर यो सजिलो भने छैन । एकातर्फ बषौंदेखिका जड मनस्थितिका नेताहरुलाई तत्कालै मनाउन र उनीहरुलाई परिवर्तनसँग आत्मसात गराउन कठिन त होला तर असम्भव भने छैन । त्यसैले विस्तारै विस्तारै हस्तक्षेप गर्दै जाँदा केही समयपछि शासन गर्ने पालो नयाँ पुस्ताको काँधमा नै आउँछ । किनभने हामी कोही पनि त अजम्बरी छैनौं नि । त्यसैले सत्तामा शासकहरु फेरिई रहन्छन् । तर ईतिहास त्यसले रच्छ, जोसँग इमान्दारिता र चूनौंतीलाई सामना गर्ने साहस हुन्छ । त्यसैले नयाँ ईतिहास रच्न पुरानो मैदानमा नयाँ खेलाडीहरु जन्मिनु आवश्यक भईसकेको छ । त्यसकारण आजैबाट हरेकले जहाँ सकिन्छ, त्यहाँबाट पार्टी भित्र हस्तक्षेप बढाउनै पर्छ ।
पछिल्लो समय कालोबजारी, भ्रष्टाचारी, अपराधी, गुन्डा र विचौंलियाहरुले राजनीतिक दल भित्र प्रवेश गरेर राज्य संयन्त्रलाई नियन्त्रणमा लिदैं आफू अनुकुलको नीतिगत भ्रष्टाचार गरिरहेका छन् । अब चुनौंती यस्तो गिरोहलाई राजनीतिबाट निस्तेज पार्नु र यिनीहरुको भूमिकालाई शुन्य बनाउनु छ । अब कुनै सशस्त्र युद्ध वा नयाँ विकल्प भनेर समाज तत्कालै स्वीकार्ने अवस्थामा छैन । कारण, १७ हजार नेपालीको रगतले आएको माओवादी जसरी सत्तामा पुगेपछि स्खलित भयो । यसले पनि समाजमा क्रान्तिका नाममा हुने युद्धप्रति नकारात्मक प्रभाव पारेको छ । अर्कोतर्फ विकल्पका रुपमा खोलेका पार्टीहरु भित्रको मनमुटाव र टुटफुटले पनि युवाहरुलाई विचलित बनाएको छ । सानो झुण्ड, त्यो पनि पटक–पटक फुट्ने भएपछि त्यसतर्फ पनि युवाहरुको आकर्षण घटिसकेको छ । अब आ–आफ्नो विचार र आस्थाका आधारमा पार्टी र संगठनमा आवद्ध भएर युवाहरुले शासनको बागडोर आफ्नो हातमा लिनैपर्छ । फरक–फरक दलका भएपनि इमान्दारहरु एकजुट भएर देश र राष्ट्रियता बचाउँदै विकास निर्माणमा जुट्नु पर्दछ । तबमात्र देशको विकास र जनताको साँचो अर्थमा मुक्ति सम्भव छ । अपराध, तस्कर, विचौंलिया, दलाल र खराब कुकर्म गर्नेहरुलाई एक न एक दिन अवश्य पनि कारवाही गर्नैपर्छ । यसका लागि इमान्दार, सच्चा र साहसी युवाहरुले अब क्रमशः राजनीतिमा हस्तक्षेप बढाउनैपर्छ ।
१मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
५कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ