
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
यतिबेलाको परिस्थितिलाई हेर्ने हो भने समाजका सबैभन्दा शक्तिशाली व्यक्तिहरुमा नेताहरु नै हुन् । यिनीहरुलाई कानुनले पनि छुँदैन । यिनीहरुलाई नैतिकताले पनि छुँदैन । यिनीहरुलाई बौद्धिकता पनि चाहिदैंन । यिनीहरुको विरोध गर्नेलाई राज्य संयन्त्रको नै प्रयोग गरेर सदाका लागि सिध्याउने परिस्थितिको निर्माण भईसकेको छ । यहाँ अन्याय, न्याय, सत्य, असत्य छुट्टयाउने निकाय नेताहरुको चरणमा स्खलित भईसकेको छ । न्यायालय होस् वा प्रहरी प्रशासन सबै नेताहरुको ईशारामा नाच्ने कठपुतली भईसकेको अवस्था छ । आफ्नो स्वार्थका लागि विदेशीको ईशारामा नाच्ने र देशलाई बर्बाद बनाउने ठुलो जमात राजनीतिमा देखा परेको छ । अब यसलाई नियन्त्रण र ठेगान लगाउने हो भने नयाँ युवा पुस्ता राजनीतिमा आउनु पर्छ । देश छाडेर वा राजनीति भन्दा बाहिर बसेर यो वेथितिलाई अब रोक्न सकिदैंन । र, यो वेथितिलाई रोक्न नयाँ शक्ति वा विकल्प खोजेर होइन, पुरानै दलहरुमा युवाहरुले जबरजस्त हस्तक्षेप अगाडि बढाउनु पर्दछ । किनभने आमसर्वसाधारण जनताको मानसिकता परिवर्तन भईसकेको अवस्था छैन । त्यसकारण नयाँ वैकल्पिक शक्तिको तत्काल उदय असम्भव छ ।
कारण, नयाँ वैकल्पिक शक्तिका रुपमा उदायका दलहरुको पतन छोटो समयमा नै भएको छ । त्यसैले सर्वसाधारण जनताले तत्कालै अब नयाँ वैकल्पिक दलहरुमाथि विश्वास गर्न सक्ने अवस्था छैन । बषौंदेखिको दलसँगको आवद्धता यतिसम्म छ कि नयाँ विचार वा दललाई स्वीकार्नु भनेको ‘पोईल जानु’ सरह ठान्ने जमात समाजमा ठुलो छ । यसकारण यो जमातलाई एकैपटक परिवर्तन गर्न सकिने अवस्था पनि देखिदैंन । त्यसकारण देश र समाज बनाउने पवित्र उद्देश्य बोकेर युवाहरुले पुरानै दलहरुमा सशक्त हस्तक्षेप गर्नैपर्छ । तर यो सजिलो भने छैन । एकातर्फ बषौंदेखिका जड मनस्थितिका नेताहरुलाई तत्कालै मनाउन र उनीहरुलाई परिवर्तनसँग आत्मसात गराउन कठिन त होला तर असम्भव भने छैन । त्यसैले विस्तारै विस्तारै हस्तक्षेप गर्दै जाँदा केही समयपछि शासन गर्ने पालो नयाँ पुस्ताको काँधमा नै आउँछ । किनभने हामी कोही पनि त अजम्बरी छैनौं नि । त्यसैले सत्तामा शासकहरु फेरिई रहन्छन् । तर ईतिहास त्यसले रच्छ, जोसँग इमान्दारिता र चूनौंतीलाई सामना गर्ने साहस हुन्छ । त्यसैले नयाँ ईतिहास रच्न पुरानो मैदानमा नयाँ खेलाडीहरु जन्मिनु आवश्यक भईसकेको छ । त्यसकारण आजैबाट हरेकले जहाँ सकिन्छ, त्यहाँबाट पार्टी भित्र हस्तक्षेप बढाउनै पर्छ ।
पछिल्लो समय कालोबजारी, भ्रष्टाचारी, अपराधी, गुन्डा र विचौंलियाहरुले राजनीतिक दल भित्र प्रवेश गरेर राज्य संयन्त्रलाई नियन्त्रणमा लिदैं आफू अनुकुलको नीतिगत भ्रष्टाचार गरिरहेका छन् । अब चुनौंती यस्तो गिरोहलाई राजनीतिबाट निस्तेज पार्नु र यिनीहरुको भूमिकालाई शुन्य बनाउनु छ । अब कुनै सशस्त्र युद्ध वा नयाँ विकल्प भनेर समाज तत्कालै स्वीकार्ने अवस्थामा छैन । कारण, १७ हजार नेपालीको रगतले आएको माओवादी जसरी सत्तामा पुगेपछि स्खलित भयो । यसले पनि समाजमा क्रान्तिका नाममा हुने युद्धप्रति नकारात्मक प्रभाव पारेको छ । अर्कोतर्फ विकल्पका रुपमा खोलेका पार्टीहरु भित्रको मनमुटाव र टुटफुटले पनि युवाहरुलाई विचलित बनाएको छ । सानो झुण्ड, त्यो पनि पटक–पटक फुट्ने भएपछि त्यसतर्फ पनि युवाहरुको आकर्षण घटिसकेको छ । अब आ–आफ्नो विचार र आस्थाका आधारमा पार्टी र संगठनमा आवद्ध भएर युवाहरुले शासनको बागडोर आफ्नो हातमा लिनैपर्छ । फरक–फरक दलका भएपनि इमान्दारहरु एकजुट भएर देश र राष्ट्रियता बचाउँदै विकास निर्माणमा जुट्नु पर्दछ । तबमात्र देशको विकास र जनताको साँचो अर्थमा मुक्ति सम्भव छ । अपराध, तस्कर, विचौंलिया, दलाल र खराब कुकर्म गर्नेहरुलाई एक न एक दिन अवश्य पनि कारवाही गर्नैपर्छ । यसका लागि इमान्दार, सच्चा र साहसी युवाहरुले अब क्रमशः राजनीतिमा हस्तक्षेप बढाउनैपर्छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल