
१एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
२कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
३रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
४रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
५लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
६पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
७पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
८लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
११२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१२काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
७मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा, १७, भदौं । ६ वटा कम्युनिष्ट पार्टीका नेताहरुले बैज्ञानिक समाजवादलाई मूल्य आधार मान्ने हो भने मात्र नेपालका कम्युनिष्टहरुबीच ध्रुविकरण सम्भव हुने बताएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालले पोखरामा बिहीवार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै विभिन्न कम्युनिष्ट पार्टीका नेताहरुले भने, ‘वैज्ञानिक समाजवादी व्यवस्था ल्याउन कम्युनिष्ट आन्दोलनलाई केन्द्रीत गरौं, स्वतः ध्रुविकरणको वातावरण बन्नेछ ।’
एमालेका नेता खगराज अघिकारी, माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरि अधिकारी ‘कुमार’ नवगठित एकीकृत समाजवादीका केन्द्रीय सदस्य श्रीनाध बराल, जनमोर्चा नेपालका प्रदेश अध्यक्ष शंकर बराल, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी र नेकपा माओवादीका प्रवक्ता कृष्णप्रसाद जैसीले एकै स्वरमा उक्त विचार व्यक्त गरे ।
नेपालका कम्युनिष्ट पार्टीहरुको आन्तरिक जीवन, पार्टी पद्धति, कार्यशैली र विधि कम्युनिष्ट अनुरुप हुन नसकेको सबै नेताहरुले स्वीकार पनि गरे । नेपालका कम्युनिष्ट पार्टीहरुभित्र कम्युनिष्ट आचरण व्यवहार नभएकोले आफूहरु जहाँ–जहाँ जुनपार्टीमा रहेपनि त्यहाँबाट सकारात्मक पहल गर्दै बैज्ञानिक समाजवाद मूख्य एजेण्डा बनाएर लाग्ने हो भने ध्रुविकरण संनिकट रहेको उनीहरुको धारणा थियो ।
तर संसदीय व्यवस्थाको विकल्पमा जाने विषयमा भने नेताहरुका मत बाझिए । माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादीका नेताहरुले अहिलेको व्यवस्था परम्परागत संसदीय व्यवस्था नभई सुधारिएको संसदीय व्यवस्था भएको र यसलाई भुरपुर प्रयोग गर्दै समाजवादी व्यवस्थातिर रुपान्तरण गर्न सकिने बताए । क्रान्तिकारी माओवादी, नेकपा माओवादी र जनमोर्चा नेपालका नेताहरु भने संसदीय व्यवस्थाको विकल्पमा जानुपर्ने मत राखे ।
गणतन्त्र स्थापनापछि हामी समाजवादी व्यवस्थाका जानका लागि राजनीतिक रुपमा वातावरण बनेको छ, आर्थिक र सामाजिक क्रान्तिको कार्यभार पुरा गरेपछि समाजवादको अर्को चरणमा प्रवेश गरिन्छ,’ एमालेका नेता खगराज अधिकारीले भने । तर क्रान्तिकारी माओवादी र नेकपा माओवादीका नेताद्धय नारायण अधिकारी र कृष्णप्रसाद जैसीले भने त्यसको ठाडै प्रतिवाद गरे ।
उनीहरुले भने, ‘कम्युनिष्टहरुलाई विभाजन गर्ने, कम्युनिस्ट आचरणबाट च्युत गर्ने र कम्युनिष्टहरुलाई अवसरवादी बनाउने नै संसदवाद हो, त्यसको विकल्पमा जाने हो भने समादवादी व्यवस्थाका लागि कम्युनिस्ट आन्दोलन नयाँ आधारमा खडा हुन्छ ।’ बैज्ञानिक समाजवादमा जाने हो भने संसदवादलाई त्याग्नसक्नुपर्ने नेताद्धयको धारणा थियो ।
एमाले नेता अधिकारीले अहिलेसम्म कम्युनिष्टरुले वर्गीय विश्लेषण नगरेकाले कम्युनिष्ट आन्दोलन अलमलमा परेको तर्क दिए । ‘पुष्पलालले चिनियाँ कम्युनिष्ट आन्दोलनलाई बुझेर वर्ग विश्लेषण गर्नुभयो, वास्तवमा नेपाली समाजको वर्ग विश्लेषण अहिलेसम्म भएकै छैन ।’ नयाँ समाज विकासका आधारमा वर्ग विश्लेषण गरौं, समाजवादका लागि सडकमा जाऔं, त्यही सडकमै ध्रुविकरणसहित एकता पनि हुन्छ,’ नेता खगराजको दावी थियो ।
माओवादी केन्द्रका नेता कुमारले भने, ‘प्रचण्ड र मदन भण्डारी नेतृत्वमा भएको आन्दोलनको प्रतिफल नै अहिलेको गणतन्त्र हो, मूख्यतः जनयुद्धको धक्काले निरंकुशतन्त्र पछारियो, ०६२/६३ को जनक्रान्तिले संस्थागत ग¥यो । अहिले नेपालमा दुई खाले प्रवृति बोकेका कम्युनिष्ट पार्टीहरु भएको र क्रान्तिकारी विचारले जित्नेवित्तिकै कम्युनिष्ट आन्दोलनका लागि ध्र्रविकरणको आधार तयार हुने उनको दावी थियो ।
एकीकृत समाजवादीका नेता बरालले सबै कम्युनिष्ट पार्टीका थोरबहुत कमीकमजोरी रहेकाले त्यसलाई सुधार्ने आँट गर्दै साँच्चिकै कम्युनिष्ट आन्दोलन उठाउँने इच्छाशक्ति देखाउने हो भने अहिले पनि उपय्ुक्त अवसर छ भने । ‘सबै पार्टीभित्रका राम्रा पक्ष लिँदै क्रान्तिकारी पार्टी निर्माणमा हाम्रो पुस्ताले भूमिका खेल्नुपर्छ, बरालको भनाई थियो ।
क्रान्तिकारी माओवादीका नेता अधिकारीले प्रश्न गरे, ‘अहिले यथास्थितिवादी धार शक्तिशाली छ, त्यसलाई सिध्याएर मात्र क्रान्तिकारी पार्टी बलियो हुन्छ, ध्रुविकरणका लागि हामीहरु यथास्थितिवादीसँग लड्ने साहस गर्ने कि नगर्ने ? नेकपा माओवादीका प्रवक्ता जैसीले नयाँ आधारमा कम्युनिष्ट आन्दोलन निर्माणका लागि हतियार, सेना र जनसत्ता बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमको अध्यक्षता गरेका क्रान्तिकारी पत्रकार संगठन, नेपालका उपाध्यक्ष जन्मदेव जैसीले संगठनको अभियानबारे स्पष्ट पार्दै भने, संगठनको उद्देश्य भनेकै नयाँ आधार निर्माणसहित बैज्ञानिक समाजवाद स्थापनाका लागि कम्युनिष्ट ध्रुविकरण अहिलेको मूख्य आवश्यकता हो, त्यसका लागि वातावरण बनाउने अभियान हामीले देशव्यापी थालिरहेका छौं । कार्यक्रमको सञ्चालन संगठनका सचिवालय सदस्य धनञ्जय बुढाले गरेका थिए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव