
१जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
२नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
३विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
४अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
५स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
६जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
७नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
८‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
९पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१०प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
पोखरा, १६ भदौं । पोखरा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न पल्सेज इण्डष्ट्रिजको पोखरा शाखा, प्रस्याङकै शिवशक्ति घ्यू उद्योग प्रालि शाखा पोखरा र के. एल. दुगड गु्रप शाखा पोखरामा अनुगमन गरेको थियो ।
अनुगमन समितिले कुन्दन र निलकमल ब्राण्डको तेलको डिस्ट्रिब्युटर्स नारायणी आयल रिफाइनरी प्रालि पोखरा शाखाले मूल्यसूची नराखी कारोबार गरेको भेटिए पछि उपभोक्ता हित संरक्षण ऐन बमोजिम ५० हजार रुपैया जरिवाना गरेको छ ।
यस्तै शिवशक्ति घ्यू उद्योग प्रालिले पनि शाखा अनुमती नलिई कारोबार गरेकोले ऐनको दफा ३८ (ट) को कसुरमा दफा ३९ (घ) बमोजिम ५० हजार जरिवाना तिराएको छ । यस्तै के.एल. दुगड गु्रप पोखरा शाखालाई स्थानीय सरकारबाट व्यवसाय सञ्चालन अनुमति लिएको तर मापदण्ड पूरा नगरेको भन्दै एक हप्ता भित्र निर्देशनालयमा हाजिर हुन पत्र थमाएको छ ।
अनुगमन टोलीले तेलको खुद्रा मूल्यमा बढी नाफा राखेर अधिकतम मूल्य प्रिन्ट गरेको फेला पारेको छ । प्रति १ लिटर पाउँचको तेलमा ३० देखि ४० रुपैयासम्म नाफा राखेर मूल्य प्रिन्ट गरेको फेला परेको अनुगमनका सदस्य तथा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकी प्रदेश पोखराका सूचना अधिकारी भरतमणि बरालले बताए ।
अनुगमन गरिएका सबै डिपोहरुले शाखा कार्यालय उल्लेख गरे पनि कानून बमोजिम शाखा सञ्चालन गर्ने अनुमति कसैले पनि लिएको पाईएन । नियमन जुन निकायले उद्योग, व्यापार दर्ता गरेको हुन्छ त्यही निकायबाट शाखा सञ्चालन अनुमति लिएर मात्र व्यापार गर्न पाइन्छ । बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता गरेका अधिकांश उद्योगहरुले शाखा स्वीकृति लिएका छैनन् । अब शाखा अनुमति लिएर मात्र व्यवसाय सञ्चालन गर्ने सरकारी अनुगमन अधिकारी समक्ष व्यापारीहरुले प्रतिवद्धता जनाएका छन् ।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक नारायण आचार्यको नेतृत्वमा भएको संयुक्त बजार अनुगमनमा खाद्य निरीक्षक शिवजी बराल, उपभोक्ता मध्ये गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइराला, गुणस्तर तथा नापतौल कार्यालय पोखराका रघुनाथ पौडेल, प्रहरी नायव निरीक्षक राजेन्द्र पौडेल, निर्देशनालयका सूचना अधिकारी भरतमणी बराल, प्रदिप कुमार रेग्मी र महराज ढकाल संलग्न रहेका थिए ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने