
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
म्याग्दी, १३ भदौ । केही दिनदेखिको निरन्तरको वर्षाका कारण म्याग्दीका मुख्य तीनवटासहित अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको ‘लाइफलाइन’ मानिन्छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक अन्नपूर्ण गाउँपालिकाको तीन ठाउँमा खसेको पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङका अनुसार अन्नपूर्ण–३ गुइठे, रुप्से र काभ्रेभिरमा खसेको पहिराले ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको छ । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरबाङ सडक घुमाउने र बाङ्गेपहिरामा अवरुद्ध छ । दुवै ठाउँमा पहिरो खसेर २४ किलोमिटर दूरीको यो सडकमा आवतजावत बन्द भएको छ ।
बेनी नगरपालिका–१ रत्नेचौर हुँदै छिमेकी जिल्ला बागलुङ जोड्ने बेनी–बागलुङ सडक भसभसेको पहिराले अवरुद्ध बनेको छ । ढुङ्गा, लेदो र हिलोका कारण विभिन्न ठाउँमा सवारी साधन फसेका छन् । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण, दैनिक उपभोग्य सामग्री ढुवानी तथा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेको आलुलगायतका कृषि उपज निकासीमा समस्या भएको छ । सम्बन्धित पालिका, प्रहरी, बेनी–जोमसोम–कोरला सडक आयोजना र पूर्वाधार विकास कार्यालयले अवरुद्ध सडक मर्मत गरी खुलाउने प्रयास गरे पनि वर्षा नरोकिएकाले सफल भएको छैन ।