
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
मनाङ, १३ भदौ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले सिँचाइ तथा खानेपानीलगायत योजनामा पु¥याएको क्षतिको विवरण सङ्कलन गरी प्रतिवेदन तयार पारिएको छ । सिंचाई तथा खानेपानी डिभिजन कार्यालयले प्रतिवेदन तयार पारेको प्रतिवेदन गण्डकी प्रदेशस्थित ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा बुझाइएको छ ।
बाढीपहिराका कारण क्षतिग्रस्त सिँचाइ तथा खानेपानीको संरचना पुनःनिर्माणका लागि लागत अनुमान तयार गरिनाका साथै सिँचाइको सम्भावनासमेतको प्रतिवेदन तयार पािरएको कार्यालय प्रमुख ढाकाराम आचार्यले जानकारी दिनुभयो ।
“एक दिनको बाढी र पहिराले धेरै क्षति पु¥यायो । विवरण सङ्कलन तथा सम्भाव्यता अध्ययनका लागि लामो समय लाग्यो । गत असार १ गतेपछि पनि वर्षा नरोकिँदा बाढी आउनेक्रम जारी रह्यो । मनसुनी वर्षा सँगै मस्र्याङ्दी नदीको बाढीका कारण तथ्याङ्क सङ्कलनमा ढिलाइ भएको हो । संकलित तथ्याङ्क मन्त्रालयमा बुझाएका छौँ । छिटै समाधान हुनेमा मनाङवासीसहित हामीले पनि अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
सिँचाइ तथा खानेपानीको मुहान तथा भौतिक संरचनालाई नदीको कटानबाट बचाउन र चालू आर्थिक वर्षमा उपलब्ध बजेटको सीमाभित्र रही अल्पकालीन तथा दीर्घकालीन समस्या समाधानका लागि सम्बोधन गराउने प्रयत्न गरिएको प्रमुख आचार्यले बताउनुभयो ।
बाढीपहिराबाट बढी असर पु¥याएको नासों गाउँपालिकाका तालबजार, सिरान ताल, खोत्रो, धारापानी, थोचें, बगरछाप र दानाक्यू, चामेका तिमाङ, थान्चोक, कोतो र चामे बजार तथा ङिस्याङका भ्राताङ, पिसाङसम्मका बस्तीका साथै विद्यालय, सार्वजनिकस्थल,खानेपानी र सिँचाइका क्षतिको पहिचान र पुनःस्थापनाका लागि अल्पकालीन र दीर्घकालीन उपायसहित प्रतिवेदन तयार पारिएको हो ।
डोना खोला, धारापानी, ग्वा खोला, स्यार्कु खोला, चामे र सब्जे खोला लघुजलविद्युत् आयोजनामा क्षति पुगेको छ । तीमध्ये नासों र चामेको पूर्णरूपमा र ङिस्याङको लघुजलविद्युत् आयोजनामा आंशिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।
नदी र खोला किनारमा रहेकाले बाढीको कटानले पावर हाउस, इन्टेक र फोर वे पूर्णरुपमा क्षति भएको छ । भर्खरै मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि जिल्लावासीका लागि लघुजलविद्युत् नै आधारभूत ऊर्जाको स्रोत भएकाले मन्त्रालयबाट ऊर्जासम्बन्धी विज्ञ टोली परिचालन गरी लागत र सम्भाव्यता अध्ययन गराइएको र सोहीबमोजिम योजना सञ्चालन गर्ने तयारी भइरहेको प्रतिवेदनमा उल्लेख छ ।
नासोंको थोंचे, घेलाञ्चोक ओडार, धारापानी र नाचे खानेपानी आयोजना तथा चामेको थान्चोक र बृहत् चामे खानेपानी आयोजनामा क्षति पुगेकाले मर्मत तथा पुनःनिर्माण गर्नुपर्ने भएको छ भने ङिस्याङको पिसाङ, घ्यारु, खाङ्सार र ढिकुरपोखरी खानेपानी आयोजनामा पूर्ण क्षति भएको छ ।
खाङ्सार, ताचै, क्युपार, भ्राताङ, सब्जे र क्युबेँसी सिँचाइ योजनामा बाढीले क्षति पु¥याएकाले ती योजनाको मर्मतसम्भार र पुनःनिर्माणका लागि पनि मन्त्रालयलाई जानकारी गराइएको छ । नवीन लामिछाने/रासस