
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ, १२ भदौ । सार्वजनिक बिदाका कारण यस साता धितोपत्र बजारमा तीन दिन मात्रै शेयर कारोबार भयो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण बजार बन्द रह्यो । मङ्गलबार, बुधबार र बिहीबार शेयर कारोबार भयो । यस साता जलविद्युत् कम्पनीको शेयरमा केही दबाब देखा प¥यो ।
साताभर कूल २३२ कम्पनीको छ करोड ६६ लाख छ हजार ४७५ कित्ता शेयर कारोबार भयो । साताभरको कूल कारोबार रु ४१ अर्ब ६३ करोड ८५ लाख ४६ हजार ३५६ बराबर रह््यो । कारोबार भएका ती दिनमा पनि बजार उतारचढावपूर्ण अवस्थामा रह्यो ।
कारोबार भएको पहिलो दिन अर्थात् मङ्गलबार शेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखियो । त्यस दिन विशेष गरी विकास बैंक र जलविद्युत् उपसमूहको शेयर मूल्यमा उच्च अङ्कको गिरावट देखियो । पछिल्ला दिनमा जलविद्युत् उपसमूहको शेयरमा अस्वभाविक चलखेल भएको भन्दै गुनासो बढेको थियो । विद्युत् नियमन आयोगलेसमेत सो सम्बन्धमा चासो व्यक्त गरेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ५६.०३ बिन्दुले घटेर तीन हजार १२४.८७ मा ओर्लियो । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२.८१ बिन्दुले घटेर ५७७.६६ मा घटेको छ ।
कूल २२५ कम्पनीको दुई करोड ५३ लाख १६ हजार ८०५ कित्ता शेयर रु १६ अर्ब १२ करोड ४४ लाख ६८ हजार ६० मा कारोबार भयो । त्यसदिनको कारोबारपछि बजार पूँजीकरण रु ४३ खर्ब ६६ अर्ब छ करोड १९ लाख १० हजार बराबरमा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । विवरणअनुसार त्यसदिन १६ कम्पनीको शेयर मूल्य १० प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लाग्यो । मङ्गलबार जस्तै धितोपत्र बजारमा बुधबार पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लाग्यो । त्यसदिन नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लियो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.६७ बिन्दुले घटेर ५६७.९९ मा ओर्लेको छ । नेप्सेसँगै कारोबार रकमसमेत खुम्चियो । कूल २२७ कम्पनीको एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर रु १२ अर्ब नौ करोड २१ लाख तीन हजार ५०४ मूल्यमा खरिद बिक्री भए । त्यस दिनको कारोबारपछि बजार पूँजीकरण रु ४२ खर्ब ९८ अर्ब ४० करोड ८९ लाख ६० हजार बराबर पुग्यो । सो दिन कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आयो । कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रही रु ४८ करोड ७१ लाख पाँच हजार ३४६ बराबरको शेयर खरिद बिक्री भयो । बिहीबार नेप्सेमा दोहोरो अङ्कको सुधार भयो । त्यसदिन नेप्से १७.६० अङ्कले बढेर तीन हजार ९४.०५ बिन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४० बिन्दुले बढेर ५७१.३९ मा पुगेको छ । नेप्सेले उचाइ प्राप्त गरे पनि कारोबार रकम भने उल्लेख्य वृद्धि भएन । कूल २३२ कम्पनीको दुई करोड १६ लाख ९० हजार ५८५ कित्ता शेयर रु १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७९२ मूल्यमा खरिद बिक्री भए । साताको अन्तिम दिनको कारोबारका आधारमा रु ४३ खर्ब २३ अर्ब ती लाख २७ हजार ६२२ बराबरको बजार पूँजीकरण पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।
दुई दिन ओरालो लागेको नेप्सेमा सुधार आउँदा विभिन्न नौ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।