
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ, १२ भदौ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्नेक्रम रोकिएको छैन ।
बस्तीका बीचमा धेरै जग्गा खाली भएपछि सुकुम्बासीका नाममा मिच्नेक्रम बढेको हो । यस वर्ष पनि सुकुम्बासीका नाममा करिब १० टहरा थप्न खोजिएको थियो । कोरोनाबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेका बेला सुकुम्बासीका नाममा जग्गा हडप्न खोजेपछि कोषले हटाएको थियो ।
कोषको जग्गासँगै जोडिएको द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराईले एक महिनाअघि केही मानिस सुकुम्बासीका नाममा कोषको जग्गासँगै जोडिएको विद्यालयको जग्गा हडप्न आएको बताउनुभयो । कोषको जग्गा भने पटकपटक मिचिने गरेको देखिएको उहाँले सुनाउनुभयो । कोषको जग्गाका बीचमा खहरे बग्ने गरेको छ । वर्षाद्मा खहरे बढेर आउँदा वरिपरिको बस्तीमा समस्या हुन्छ । कोषले जग्गा व्यवस्थापन नगर्दा यस वरपरका स्थानीयवासीलाई समेत समस्या हुने गरेको छ ।
कोषका उपनिर्देशक गौरीशङ्कर पराजुलीले विसं २०७६ चैत ११ गतेअघि नै कोषले गोठाटारको जग्गामा सुकुम्बासीका नाममा बसोबास गर्नेलाई हटाउन गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेको बताउनुभयो । सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगतरुपमै कोषले माइकिङ गरेर छोडेर जान भनेको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले मानवीय संवेदनालाई ध्यानमा राखेर हट्नलाई समय दिएको डेढ वर्ष भए पनि अतिक्रमणकारीले नछोडेको उपनिर्देशक पराजुलीले बताउनुभयो ।
पछिल्लो समयमा बस्न आउनेलाई हटाउने गरे पनि रातारात फेरि बस्न आउने गरेको हुँदा समस्या आएको छ । प्रहरी प्रशासनको सहयोग लिएर कोषले हटाउने क्रमलाई भने जारी राखेको छ । कतिपटक जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि नै लगेर सुकुम्बासी हटाउन खोजिएको थियो । कोषले सो जग्गालाई हालसाविक गरी प्रस्तावित गुरुयोजनामा विभिन्न संरचना निर्माणको योजना अघि सारेको छ । कोषका पूर्वसदस्य सचिव डा प्रदीप ढकालले पशुपति हिन्दू विश्वविद्यालय, गौशाला, आयुर्वेद औषधालय, वृद्धाश्रम, उद्यानजस्ता संरचना गोठाटारको जग्गामा बनाउने सोच रहेको बताउनुभयो ।
काठमाडौँ उपत्यकामा खाली जग्गा कम हुँदै जान थालेपछि सुकुम्बासीका नाममा सङ्गठितरुपमा हडप्ने प्रयास भइरहेको छ । यो जग्गामा रहेको बालुवा पनि रातारात चोरी हुने गरेको छ । नजिकै सुरक्षा चौकी नहुँदा सार्वजनिक सम्पत्तिको संरक्षण हुन सकेको छैन । कोषको जग्गामा बस्न खोज्ने र बालुवा चोरी गर्नेसँग पटकपटक लुकामारी हुने गरेको उपनिर्देशक पराजुलीको भनाइ छ । धेरै जग्गा खाली भएपछि तेज विनायक माध्यमिक विद्यालयले पनि कोषकै जग्गामा गएर विद्यालय भवन बनाएको छ । कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले कोषको जग्गामा ११ वटा पक्की घर र ४० वटा टहरा निर्माण भएको बताउनुभयो । “कोषले प्रस्ताव गरेको गुरुयोजना कार्यान्वयन गरेर जग्गा मिच्नेक्रम रोक्न सकिन्छ, गुरुयोजना लागू गर्नुअघि नापजाँच गरेर घेरा पर्खाल लगाउनुपर्छ, गत आर्थिक वर्षमा घेरा पर्खाल लगाउन बजेट विनियोजन गरिएको भए पनि कोरोना महामारीले सम्भव भएन, यस वर्ष आन्तरिक बजेट व्यवस्थापन गरेर पनि घेरा पर्खालको काम गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
जग्गाको संरक्षणका लागि पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री योगेश भट्टराईले स्थलगतरुपमा अवलोकन गर्नुभए पनि ठोस काम नगरी कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहनुभएका उहाँको कार्यकाल सकियो । कोषको जग्गाबाट माटो र बालुवा चोरी नियन्त्रण गर्न पनि घेरा पर्खाल आवश्यक देखिन्छ । सडकमा छोडिएका छाडा गाईबाच्छा संरक्षणका लागि कोषसँगको सहकार्यमा १०० रोपनी जग्गा लिएर गौशाला चलाउँदै आउनुभएका मानव अधिकारकर्मी उत्तम पुडासैनीले राजनीतिक दलका नाममा २०६२÷२०६३ को जन आन्दोलनपछि सुकुम्बासी ल्याएर राख्न खोजिएको बताउनुभयो । कोषको जग्गामा सुकुम्बासीका नाममा मानिस राखेर समस्या बनाइनुहुन्न भन्नेको त्यसबेला घरसमेत जलाइएको उहाँले सुनाउनुभयो ।
विसं २०५४ को स्थानीय निकाय निर्वाचनमा साविकको गोठाटार गाविस– ३ बाट वडाध्यक्ष निर्वाचित सानोबाबु चापाईंको घरमा त्यसबेला रातिको समय पारेर आगो लगाइएको थियो । कागेश्वरी मनोहरा–८ का वडाध्यक्ष श्रीप्रसाद चापागाईंले कोषको जग्गामा तीव्ररुपमा घर टहरा बन्न थालेपछि वडा कार्यालयले कोषलाई पत्र लेखी जग्गा संरक्षण गर्न अनुरोध गरेको बताउनुभयो । कोषले बालुवा निकाले बाँकी रहेको स्थानमा पाँगो माटो रहेकाले वर्षामा भेल आएर ढल व्यवस्थापनमा समस्या हुने गरेको वडा कार्यालयले जनाएको छ । भेल व्यवस्थापनका लागि वडाले कोषको ध्यानाकर्षण गराउँदै आएको छ । -पूर्णप्रसाद मिश्र/रासस