
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
भक्तपुर, १२ भदौ । मध्यपुरथिमि नगरपालिका वडा ८ र ९ बोडेमा प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयादेखि पञ्चमीसम्म तीनदिन चार रातसम्म तान्त्रिक विधिअनुसार मनाइने प्रसिद्ध लिच्छवीकालीन परम्परागत द्यो प्याँखअर्थात् नीलबाराही नाच सम्पन्न भएको छ ।
दैवी शक्तिमा विश्वास राख्दै नाचिने यो नाच यही भदौ ८ गतेदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो कोरोना सङ्क्रमणको त्रासका कारण यस वर्ष प्रसिद्ध नीलबाराही नाच राति मात्रै सञ्चालन भएको हो । कोरोना भाइरस सङ्क्रमणको जोखिम रहेकाले वडा नं ८ र ९ का वडाध्यक्षसहित स्थानीयवासीको बैठकले नाचलाई यसवर्ष राति मात्रै सञ्चालन गर्ने निर्णय गरेअनुसार राति मात्रै नाच सञ्चालन गरी सम्पन्न भएको नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।
विगतका वर्षमा राति र दिउँसो टोलटोलमा नाच देखाउने र स्थानीयले पूजा पनि चढाउने परम्परा रहे पनि यस वर्ष भने मूल पूजा गर्दै, टोलटोलमा राति नाच देखाइएको थियो । स्थानीयले पूजा नचढाउने र नाच राति मात्रै सञ्चालन गर्ने निर्णय भएअनुसार सञ्चालन गरिएको हो । वर्षौंदेखि जस्तोसुकै अवस्थामा पनि नरोकिएको यो नाच यस वर्ष पनि नरोक्ने तर दिउँसो सञ्चालन नगर्ने निर्णय गरिएको थियो । राति सञ्चालन गर्दा जात्रामा भीडभाड कम हुने भएकाले देवगणदेखि नाच सञ्चालनमा जोडिने व्यक्ति र स्थानीयलाई पनि सङ्क्रमणबाट जोगिन तथा जोगाउन सचेतना अपनाउन राति सञ्चालन गरिएको हो ।
बोडेको अखाः द्यो छेँबाट सुरु भएको यो नाच तीन रातसम्म नारायणथान लाछी, लायकु छेँ, विष्णुघाट, महालक्ष्मी थान, भाँगुटोल, खासी टोल, नीलबाराही स्थान हुँदै पुन ः अखाः द्यो छेँमा पुगेर समापन गरिएको थियो । नाच प्रत्येक टोलको चोकमा धाँ बाजा, भुस्या, काँय र पाँगा बाजाको तालमा नीलबाराही देवीको नाच देखाउने परम्परा रहेको स्थानीयवासी बताउँछन् ।
देवगणमा भैरव एक, बाराही चार, कुमारी चार, सिंह चार द्वारपाल दुई र गणेश चार गरी १९ जना देवगण रहेको यो नाचमा छ गुरु, १९ देवताका सहयोगी, धाँ, भुस्याहा, का, बौचा बाजा बजाउने नौलगायतका विभिन्न सहयोगी गरी ११५ धाँ बाजा बजाउने गरिन्छ । नाच अवधिभर देवगणले खान नहुने, बस्न नहुने, बोल्न नहुने, घामपानीमा छाता ओड्न नहुने, दिशा पिसाब गर्न नहुने र जुत्तासमेत लगाउन नहुने नियम रहेको छ ।
नाचमा देवगणले मुकुण्डो लगाएर घण्टौँसम्म टोलटोल घुमेर नियमित नाच्नुपर्छ, गाह्रो भए पनि काँही बस्न पाइँदैन, बस्नै परे पनि ज्वकालुअर्थात् सहयोगीको काखमा या जिउमा अडेसलगाएर बस्नुपर्छ । नाचका अगाडि र पछाडि बाल्ने चिरागअर्थात् बत्ती पनि निभ्नु हँुदैन भन्ने मान्यता छ ।
नाच देवता घरबाट निकालिन्छ । नाच निकाल्नु पहिला द्वितीयादेखि पूर्णिमासम्म नाचको तयारी गरिन्छ । जसलाई नेवारी भाषामा ‘प्याँखा स्यनेगु’ भनिन्छ । नाच सिकाउँदा ताः लगायतको बाजा बजाईने परम्परा छ । नेपाल सम्वत ६३३ मा राजा भुवन मल्लले भक्तपुरमा दुर्भक्ष भएका कारण नवदुर्गा नाच, थिमिमा भैरव नाच र बोडेमा नीलबाराही नाच सुरु गर्नुभएको भन्ने वंशावलीमा उल्लेख छ ।
पौराणिक कथाअनुसार खेतमा काम गर्न गएका बोडेका एक किसानलाई नीलबाराही देवीले स्यालको भेष धारण गरेर लगेर, नीलबाराही जङ्गलमा लगेर तान्त्रिक नृत्य सिकाउनुभएको भन्ने जनविश्वास छ । देवी स्वयंले सिकाउनुभएको नाच नै लिच्छवीकालदेखि अहिलेसम्म पनि स्थानीयवासीले विभिन्न देवदेवीको भूमिका निर्वाह गरेर प्रदर्शन गर्दै आइरहेका छन् । नीलबाराही देवीले स्यालको रूप धारण गरेर स्थानीय किसानलाई लगेकाले त्यस बेलादेखि नै ती व्यक्तिको सन्तानलाई ध्वँ (स्याल) श्रेष्ठ भन्ने गरिएको मान्यता छ । त्यस्तै नीलबाराही देवीले किसानलाई नाच सिकाएको ठाउँ अझै पनि नीलबाराही जङ्गलमा छ ।