
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२आज प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता
३रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
४आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
५पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
६सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
७युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
८महान्यायाधिवक्ताको विवादास्पद निर्णय
९नेपाली काँग्रेसको सभापतिमा गगन थापा
१०तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
११पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१२राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
७सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
१०लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
११रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
पोखरा, ११ भदौ । रतन पाण्डे माध्यमिक विद्यालय पोखरा–१३ मा २०७६ र २०७७ को एसइई परीक्षामा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई एक कार्यक्रमका बीच शुक्रबार सम्मान गरिएको छ ।
स्व.बोधराज बराल स्मृति जेहेनदार छात्रबृत्ति कोष अन्तर्गत २०७६ सालको एसइईमा प्रथम कुशल अधिकारी, द्वितीय आशिका देवकोटा तथा २०७७ को एसइईमा प्रथम संगीता बराल र द्वितीय विनिता भुजेललाई जनही २५/२५ हजार रुपैयाँ नगद सहित सम्मानपत्रबाट पुरस्कृत गरिएको थियो ।
विद्यार्थीलाई पुरस्कृत गर्दै वडाध्यक्ष लेखबहादुर तामाङ (दर्शन लामा)ले शैक्षिक गुणस्तरीयता अहिलेको आवश्यकता भएको बताउँदै गुणस्तरीयतालाई ध्यान दिन आग्रह गर्नुभयो । वडा क्षेत्रका विद्यालयको शैक्षिक गुणस्तीयता अभिबृद्धिलाई आँफूहरूले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज बरालले यस क्षेत्रको शैक्षिक उन्नयनमा विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै विद्यार्थी, शिक्षक, र अभिभावकको संयुक्त प्रयासमा विद्यालयलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय निरिक्षक बद्री सुवेदीले विद्यार्थीको सिकाईमा उत्प्रेरणाले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीलाई गरिने सम्मान तथा पुरस्कारले उनीहरूलाई उत्प्रेरित गर्ने धारणा राख्नुभयो । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थी सङ्ख्या चुनौतीका रुपमा रहेको बताउँदै उहाँले सामुदायिक विद्यालयलाई विद्यार्थी तथा अभिभावकले विश्वास गर्ने किसिमको वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
स्व.बोधराज बराल स्मृति जेहेन्दार छात्रबृत्ति कोषका संस्थापक डा.दीपक बरालले जेहेन्दार विद्यार्थीलाई लक्षित गरी अक्षय कोष स्थापना गरिएको बताउँदै आगामी दिनमा उक्त कोषलाई अझै बढाएर लैजान सक्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले विद्यालयमा शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि निरन्तर प्रयास राखिएको बताउँदै यसका लागि विद्यार्थी, अभिभावक तथा जनप्रतिनिधिको साथ र सहयोग आवश्यक हुनेमा जोड दिनुभयो ।
उक्त अवसरमा विद्यालयमा लामो समयदेखि शिक्षण गरी सेवा निबृत्त हुनुभएका सरस्वती बराल र सुनिता बराललाई विदाई तथा नवागन्तुक शिक्षकलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा सम्मानित विद्यार्थीहरू र निबृत्त शिक्षक सरस्वती बरालले विद्यालयमा अध्ययन अध्यापन गर्दाका अनुभूति प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा गोविन्द देवकोटा, पूर्व अध्यक्ष देवराज पौडेल, मीन बहादुर केसी लगायतले सम्पूर्ण विद्यार्थीको उज्वल भविष्यका साथै विद्यालयको प्रगतिको कामना गर्नुभएको थियो ।




१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर