
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
८फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
११‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
काठमाडौँ, १० भदौ । नागरिक समाजका अगुवाहरुले राजनीतिक दलको अस्वभाविक गतिविधि र अस्थिरताका कारण लोकतन्त्र धरापमा परेको विश्लेषण गरेका छन् ।
मानव अधिकार एलायन्सले यहाँ आज आयोजना गरेको ‘सिटिजन कनक्लेभ अन डेमोक्रेसी’ विषयक अन्तरक्र्रियामा उहाँहरुले राजनीतिक दलका नेताले लोकतन्त्र प्राप्तिका लागि सङ्घर्ष गरे पनि त्यसलाई संस्थागत गर्न नसकेको टिप्पणी गरेका हुन् । संविधानविद् डा भिमार्जुन आचार्यले राजनीतिक दलका नेताले आफैँले बनाएको ऐन÷कानून, संविधान, नीति नियम विपरित आ–आफ्नो ढङ्गले गतिविधि गरेका कारण पनि लोकतन्त्र धरापमा परेको बताउनुभयो । लोकतन्त्र बलियो बनाउनका लागि जनप्रतिनिधि जनता र संविधानप्रति उत्तरदायी हुनुपर्ने उहाँको भनाइ छ ।
सांसद डा विमला राई पौडेलले लोकतन्त्रलाई बलियो बनाउनका लागि कार्यपालिका, न्यायपालिका, व्यवस्थापिकालाई ऐन/कानून, संविधानअनुसार नियम सम्मत ढङ्गबाट सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । नागरिक समाजका अगुवा कनकमणि दिक्षितले नागरिक समाज मौन बसेका कारण पनि राजनीतिक दलका नेताहरुले आफूखुसी मुलुक सञ्चालन गरी मुलुकमा अस्थिरता निम्त्याएको बताउनुभयो । वरिष्ठ अभिवक्ता दिनेश त्रिपाठीले राजनीतिक दलको लोकतन्त्र विरोधी गतिविधि रोक्नका लागि पनि नागरिक समाजबीचको एकताको आवश्यकता औँल्याउनुभयो ।