
१नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
२ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
३अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
४सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
५अफवाह नफैलाउन प्रहरीको आग्रह
६बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
७सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
८२ बोरा युरिया मल ल्याउँदा भारतीय जेलमा थुनिए किसान
९अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
१०गाँजा विधेयक गण्डकी प्रदेश प्रमुखद्वारा फिर्ता
११पिपिएलए कास्कीको अध्यक्षमा रुद्र कुँवर
१२विदेश भ्रमण र रोजगारीको प्रलोभनमा ठगी गर्ने दुईजना प्रस्याङबाट पक्राउ
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन
६३५ जिल्लाका ४०० भन्दा बढी मिटरब्याज पीडित सडकमा
७अलपत्र पर्यो पोखराको फिर्केखोला संरक्षण अभियान
८पोखरालाई ‘ग्रिन सिटी’ बनाउने अभियान : फोहोरबाट सिर्जना र आत्मनिर्भरताको नयाँ युगको सुरुवात
९कांग्रेस-एमाले सत्ता सहकार्यमा ‘ब्रेक’ : गण्डकीसहित सातै प्रदेशमा नयाँ राजनीतिक कोर्सको कसरत
१०गण्डकीमा कृषि उद्यमशीलताको सम्मान : पाँच उत्कृष्ट कृषक पुरस्कृत
११सांसद पौडेल र पोखरामा मेयर आचार्य बीच चर्कियो विवाद
१२‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार’ बाट भूपाल सम्मानित
धनुषा, ८ भदौ । धनुषामा एक युवकले आफ्नै बुबा र श्रीमतीको हत्या गरेर एउटै खाल्डोमा गाडेको अवस्थामा शव फेला परेको छ । हत्या आरोपमा युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मिथिला बिहारी नगरपालिका–५ ललिया बस्ने ३० वर्षीय भागेश्वर मण्डलले आफ्नै बुबा ५५ वर्षीय रामवृक्ष मण्डल र २४ वर्षीया श्रीमती अम्रिकादेवी मण्डलको हत्या गरेका हुन् । भागेश्वरले आफू वैदेशिक रोजगारमा रहेको बेला श्रीमती र बुबाबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गरी हत्या गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।
दुवै जनाको शव घर नजिककै झाडीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको हो । एउटै खाल्डोमा ससुरा र बुहारीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । रातिदेखि बेपत्ता ससुरा र बुहारीको खोजतलास गर्ने क्रममा झाडीमा माटो खनिएको जस्तो शङ्कास्पद ठाउँ देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरीले भागेश्वरलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरेर शव गाडेको स्वीकार गरेका थिए । त्यसपछि शव गाडेको ठाउँमा प्रहरीले घेरा हालेर शव निकालेको थियो ।
शव उत्खननपश्चात् प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का उठाई शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर लग्ने तयारी गरिरहेको छ । मृतक दुवैको टाउकोमा गहिरो चोट देखिएकाले रड प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । राति नै हत्या गरेर शव गाडेको शङ्का गरिएको छ । स्थानीयवासीका अनुसार गत वर्ष मात्र भागेश्वर वैदेशिक रोजगारीबाट घर फर्केका हुन् । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक सम्बन्ध रहेको आशङ्का गर्दै आएका थिए । उनको श्रीमतीसँग दिनहुँ झैझगडा हुँदै आएको थियो । सोही आशङ्काको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुनसक्ने स्थानीयवासीको आशङ्का छ । भागेश्वर र अम्रिका देवीका दुई छोराछोरी छन् ।रासस
१कलम–क्रान्तिका नायक : स्मृतिमा केशव गुरु
२गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिक बाटो खुला: औषधीजन्य र औद्योगिक प्रयोजनका लागि अवसर
३२० करोड भन्दा बढिको अनलाइन सट्टेबाजी गर्ने गिरोह पोखराबाट पक्राउ
४पोखरामा ब्राउनसुगरसहित एक युवक पक्राउ
५वैकल्पिक व्यवस्थाबिनै सुकुम्वासी नहटाउन मानव अधिकार आयोगको निर्देशन