
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
कास्की, ४ भदौ । महामारीका कारण हुने आर्थिक क्षति र खाद्य सुरक्षामा पर्ने असर न्यूनीकरण गरी पशुको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित जिल्लाका सबै पशु चौपायालाई खोप दिइने भएको छ ।
‘स्वस्थ पशु, समृद्ध किसान, पूर्ण खोप अभियान’को लक्ष्यसहित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षाका लागि गाई, भैँसी, बाख्रा, बङ्गुर र भेडामा यस वर्ष पूर्ण खोप कार्यक्रम सञ्चालनको योजना बनाएको छ ।
गत वर्ष माछापुच्छ्रे र रुपा गाउँपालिकामा पुशमा पूर्ण खोप कार्यक्रम कार्यान्वयन गरिएकामा यस वर्ष पोखरा महानगरपालिका, मादी र अन्नपूर्णमा पूर्ण खोप कार्यक्रम सञ्चालनको कार्यक्रम अघि बढाइएको भेटेरेनरी अस्पतालका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा शोभा शर्माले बताउनुभयो ।
उहाँका अनुसार यसअघि पूर्ण खोप पालिका घोषणा भएका माछापुच्छ्रे र रुपामा समेत थप भएका पशुमा पुनः खोप दिइनेछ । खोप कार्यक्रममा महामारी रोगविरूद्ध भैँसीलाई खोरेत र एचएसविक्यू, भेडाबाख्रामा पिपिआर र खोरेत, बङ्गुरलाई हैजा र कुकुरलाई रेविजविरुद्धको खोप दिइने छ ।
“महामारीजन्य र जुनोटिक (मानव र पशुपक्षीबीच एकापसमा सर्ने) रोग नियन्त्रण गरी रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा गर्न पशुमा खोप लगाउनु महत्वपूर्ण छ”, प्रमुख डा शर्माले भन्नुभयो, “सबैको सहयोगबाट कास्कीलाई नै पशुमा पूर्ण पशु खोपयुक्त जिल्ला बनाउने योजनामा छौँ ।”
खोप अभियान सञ्चालका लागि सुरुआतमा पशु तथ्याङ्क सङ्कलन, खोपको महत्वका बारेमा प्रचारप्रसार, खोप खरिद तथा भण्डार र खोपकर्ता छनोट गरी अभिमुखीकरणपछि खोप कार्यक्रम सुरु हुनेछ । यसैगरी खोप लगाउँदा गाई, भैँसी र बङ्गुरलाई कृषकका सम्बन्धित गोठ र फार्ममा नै पुगेर लगाइने तथा भेडा, बाख्रा र कुकुरका लागि निश्चित स्थान तोकिने कार्ययोजना छ ।
खोप कार्यक्रम सम्पन्न भएपछि पशुको शरीरमा विकास भएको प्रतिरोधात्मक क्षमता परीक्षण गर्दा तोकिएको मापदण्डअनुसार भएमा पूर्ण खोपयुक्त घोषणा गरिने कार्यालयले जनाएको छ । पशुबाट मान्छे र मान्छेबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि समेत खोप कार्यक्रम प्रभावकारी बन्ने विश्वास लिइएको छ ।
भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारण मन्त्रायलका सचिव सवनम शिवाकोटीले तीन वर्षभित्रमा प्रदेशका ८५ वटै स्थानीय तहमा पशुको पूर्ण खोप कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार मानव स्वास्थ्य, पशु अधिकार र समृद्धिका लागिसमेत खोप महत्वपूर्ण रहेको बताउनुभयो । रासस
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन