
१रसुवा बाढी : ७८१ जनाको शव भेटियो
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
४तिब्बतर्फ ताल पुन: फुट्यो
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८विभिन्न जिल्लामा १५७ जनाको शव फेला, बाढीका कारण एक हजारभन्दा बढी सम्पर्कविहीन
९बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१०स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
११पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
१२ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
६२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
७फिर्के खोलाघरका बाँकी संरचना हटाउन १५ भदौसम्म अल्टिमेटम
८पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
९जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१०एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
११मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
१२अन्ततः गण्डकीमा गाँजा खेतीसम्बन्धी विधेयक प्रमाणीकरण
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । यस प्रदेशमा हालसम्म मृत्यु हुनेको संख्या ६३ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिएका छन् ।
कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका वडा नं. १५ का ५२ बर्षीय कोरोना संक्रमित महिला, पोखरा महानगरपालिका वडा नं. १ का ४२ बर्षीय कोरोना संक्रमित पुरुष, पोखरा महानगरपालिका वडा नं. २२ का ६८ बर्षीय पुरुष र पोखरा महानगरपालिका वडा नं. ३१ का ५८ बर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । पोखरा–१५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको हिजो राती १० बजेर २० मिनेट जाँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि हिजो नै अस्पतालमा भर्ना गरिएको थियो ।
आज विहान ६ः१५ बजे स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ति अनुसार पोखरा–१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ७ गते बेलुका ७ः४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा निधन भएको हो । असोज ३० गते न्यूमोनियाको समस्याका कारण भर्ना गरिएको उनको कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पोखरा–२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको हिजो बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा निधन भएको छ । कोभिड–१९ सहित न्यूमोनियाको समस्या रहेको उनलाई कार्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । लगत्तै कार्तिक ७ गते नै उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
पोखरा–३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउँसो ४ः२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा निधन भएको हो । कोभिड–१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको उनलाई कार्तिक ७ गते कोरोना संक्रमणको पुष्टि भएको थियो । सोही दिन नैं उपचारका लागि भर्ना गरिएको उनको भोलिपल्ट मृत्यु भएको हो । कोरोना संक्रमणका कारण मृत्यु भएका सबै व्यक्तिहरुको शबको ब्यबस्थापन भईसकेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।


१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
४नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
५सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ