
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई वार्षिक प्रतिवेदन बुझाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले आइतबार मुख्यमन्त्रीकै कार्यकक्षमा उक्त प्रतिवेदन बुझाएका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले नागरिकलाई अनभूति हुनेगरी सुशासन जनमैत्री सेवा दिनेखालका जनशक्ति उत्पादनमा जोड दिन निर्देशन दिए । उनले भने, ‘सडक विस्तार, पुलपुलेसा बनाउँदा नागरिकले एकथरी सुविधा पाउँछन्, प्रशासनिक सेवा चुस्त भए सरकारले काम गरेको छ भन्ने अनुभूति हुन्छ, यसैलाई प्राथमिकतामा राखेर काम गरिदिनुहोला ।’
नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गरी लक्ष्य हासिल गर्न कर्मचारीकै भूमिका महत्वपूर्ण हुने भन्दै मुख्यमन्त्री पोखरेलले प्रभावकारी रुपमा कार्य सम्पादन गर्ने जनशक्ति उत्पादनमा प्रतिष्ठान लाग्नुपर्ने बताए । शैद्धान्तिक भन्दा व्यावहारिक ज्ञानमा जोड दिन पनि उनले निर्देशन दिए ।
प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादनमा पु¥याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा काम गर्न आग्रह गरे । कार्यक्रममा मुख्य न्यायाधिवक्ता रोहितराज बास्तोला, मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइराला उपस्थित थिए ।
उक्त अवसरमा कार्यकारी निर्देशक पाण्डेले प्रदेश र स्थानीय तहका लागि क्षमता विकासका कार्यक्रम गत आर्थिक वर्षमा सुरु गरेको बताए । सम्बन्धित तहको ‘आवश्यकताको पहिचान र प्रशिक्षण सामग्रीको निर्माण गर्ने काम पनि सुरु भइसकेको उनले जानकारी गराए । स्थानीय तहमा सार्वजनिक खरिद, स्थानीय आर्थिक विकास र राजश्व सुधार कार्ययोजना सम्बन्धी प्रशिक्षण सामग्री समेत तयार भइसकेका छन् ।
गएको आर्थिक वर्षमा स्थानीय तह र प्रदेशस्तरका कर्मचारी र जनप्रतिनिधि गरी ४ हजार ९ सय २७ जनाले प्रशिक्षण पाएका छन् । सञ्चालित प्रशिक्षणको प्रभावकारिताका बारेमा अनुगमन पनि थालिएको कार्यकारी निर्देशक पाण्डेले बताए । उनले भने, ‘गएको आवमा तालिम लिएका १ सय ५० भन्दा बढी कर्मचारीसँग तालिम कार्यक्रम कार्यान्वयनको अवस्थाका बारेमा अनुगम गरेर फिडब्याक समेत लिएका छौंं ।’
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम अन्तर्गत प्रादेशिक सुशासन केन्द्रमार्फत् सञ्चालन गरिने कार्यक्रमको कार्ययोजना निर्माण तथा प्रशिक्षण अवधारणा बनाएर प्रतिष्ठानले काम गर्दै आएको छ ।
प्रतिष्ठानको आइएसओ प्रक्रियाको पूर्वाधार निर्माणस्वप कर्मचारीको स्थायी दरबन्दी सिर्जना गरिएको र यो आवमा भित्रमा उक्त गुणस्तर प्रमाणपत्र प्राप्त हुने विश्वास उनले व्यक्त गरेका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन-२०७५ अन्तर्गत स्थापित प्रतिष्ठानले २०७६ फागुनदेखि काम थालेको हो । प्रतिष्ठानले ५ वर्षे रणनीतिक योजना तर्जुमा गरी कार्यान्वयनमा समेत ल्याइसकेको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई