
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२तिब्बतर्फ ताल पुन: फुट्यो
नुभिवको हत्यासँग धेरै प्रश्नहरु रहस्यमय छन् । नुभिवको हत्यालाई शुरुमा नै आत्महत्या भनेर प्रहरीले अनुसन्धान नै नगरी केस बन्द गराउन खोज्नु नै सबैभन्दा गम्भिर र शंकास्पद विषय नै यहीँ हो । जब कि त्यही बैदाम प्रहरीसँग हत्या हुनुभन्दा केही समय अगाडि नुभिव हारगुहार गर्दै सुरक्षा मागिरहेका थिए । जुन दृश्य ट्रेजर लाउञ्ज अगाडि प्राप्त सिसिक्यामेराका फुटेजहरुमा प्रष्ट रुपमा देख्न सकिन्छ । उति बेला नै ती कुटपिट गर्ने युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्नुको साटो प्रहरीले घटनाप्रति कुनै संवदेनशिलता नै देखाएन । जसले गर्दा पटक–पटक प्रहरीसँग गुहार मागिरहेको एक किशोरको त्यहीँ रातमा हत्या भयो ।
“वैशाख ४ गते नै मृतककी आमा भगवती उप्रेतीले ट्रेजर लाउञ्जको अरु फुटेजहरु सुरक्षित राखिदिनु भनेर वैदाम प्रहरीलाई भन्दा किन फुटेज संकलन गरिएन र किन डिलेट गरियो ? हत्या भईसकेपछि र अघिल्लो दिनको झैझगडा थाहा पाएको प्रहरीले आवश्यक प्रमाणहरु सुरक्षित गर्नुपर्छ कि पर्दैन ? हत्यामा संलग्न एक नाबालकले ट्रेजर लाउञ्जका बाउन्सरसँग झैझगडा भएको भन्दै अदालतमा बयान दिएका छन् । ती बाउन्सरलाई प्रहरीले पक्राउ गर्नुपर्छ कि पर्दैन ? यो विषयमा प्रहरी किन मौन छ ?
पोखरा । ललितपुर महानगरपालिका वडा नं. १५, खुमलटारका नुभिव उप्रेतीको हत्या–काण्ड झन् झन् रहस्यमय बन्दैछ । प्रहरीले ३ जना हत्या आरोपी पत्ता लगाए पनि अनुसन्धानका धेरै पाटाहरु रहस्यमय बन्दै गईरहेका छन् । के हत्यामा ३ जनामात्र संलग्न थिए त ? यो प्रश्न गम्भिर रुपमा उठिरहेको छ । हत्यामा संलग्न एक नाबालकले ट्रेजर लाउञ्जका बाउन्सरसँग झैझगडा भएको भन्दै अदालतमा बयान दिएका छन् । यो विषयमा प्रहरी किन मौन छ ? खोई ट्रेजर लाउञ्ज भित्रको सिसिक्यामेरा फुटेज अनि नुभिवको मोवाइल सेट ?
किनभने प्रहरीले शुरुमा नै नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न खोजेको थियो । हत्या भएको शवको कुनै पनि निरिक्षण र परीक्षण नगरिकन वैदाम प्रहरीले आत्महत्या नै हो भनेर दुईपटक जाहेरी दिन जाँदा लिन समेत मानेन । तर बैदाम प्रहरीले आत्महत्या भनेको घटना अन्ततः हत्या नै भएको पुष्टि भयो र प्रहरीले नै हत्यारा खोज्न बाध्य हुनुपर्यो । बैदाम प्रहरीले मुद्दा दर्ता नै नगरेपछि हारगुहार गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा मृतकका आफन्त पुग्दा यता धेरै प्रमाणहरु नष्ट भईसकेका थिए । जुन प्रमाणहरु आजसम्म पनि प्रहरीले जुटाउन सकिरहेको छैन ।
जब कि अघिल्लो दिन ट्रेजर लाउञ्ज बाहिर र भित्र केटाहरुले कुटपिट गरेपछि नुभिवले प्रहरीसँग गुहार मागिरहेका थिए ? किन प्रहरीले ट्रेजर लाउञ्जको फुटेज सार्वजनिक गर्न सक्दैन ? कसरी नुभिवको शव भेटिने बित्तिकै बैदाम प्रहरीका इन्सपेक्टर बुद्धिसागर पुरीले मृतककी आमालाई फोन गरे ? कसले दियो इन्सपेक्टर पुरीलाई नुभिवको आमाको नम्बर ? खोई नुभिवको मोवाईल ? यस्ता धेरै प्रश्नहरुले यो हत्यामा अन्य दोषीहरुलाई जोगाउन वैदाम प्रहरीले नै प्रमाणहरु नष्ट गरेको वा गर्न सहयोग पु¥याएको त होइन भन्ने आशंकाहरु उब्जिएका छन् ।
यस घटनामा पक्राउ परेका ३ जना बाहेक अन्य व्यक्तिको पनि संलग्नता छ भन्ने प्रष्ट देखिन्छ । यस घटनामा सुधारगृहमा पुगेका आशिष राईले ट्रेजर लाउञ्जमा ब्राउन्सरसँग नुभिवको झगडा भएको बयान दिईसकेका छन् । तर प्रहरीले ट्रेजर लाउञ्चको सिसिटिभी फुटेज सार्वजनिक गर्न चाहेकै छैन । यसले गर्दा पनि धेरै आशंकाहरु उब्जिएका छन् । वैशाख ३ गते नयाँ वर्ष मनाउन पोखरा आएका ललितपुर महानगरपालिका वडा नं. १५, खुमलटारका १८ वर्षीय नुभिवको हत्या भएको थियो । उनको शव वैशाख ४ गते फेवाताल किनारमा भेटिएका थियो । पोष्टमार्टम रिपोर्ट अनुसार मृतक नुभिवको फेवातालमा डुबेर वा आत्महत्या नभई हत्या नै गरिएको पुष्टि भएको छ ।
नुभिवको हत्या अभियोगमा प्रहरीले स्याङ्जा फेदीखोला वडा नं. २ घर भई पोखरा महानगरपालिका वडा नं. ७, घारीपाटन बस्दै आएका १९ वर्षीय विगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी वडा नं. ६ घर भई सोही स्थानमा बस्दै आएका १९ वर्षीय वासुदेव गुरुङलाई जेल चलान गरेको छ । खोटाङ ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई पोखरा महानगरपालिका वडा नं. ७, घारीपाटन बस्दै आएका १८ वर्षीय आशिष राईलाई भने पोखराको सराङकोटस्थित बाल सुधारगृहमा पठाईएको छ । जिल्ला अदालतका प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले बिहीबार कोरोना महामारी भएकोले भर्चुअल बयानमार्फत जिल्ला अदालत कास्कीले सो आदेश दिएको हो ।
शुरुमा वडा प्रहरी कार्यालय बैदामले हत्या नभई आत्महत्या भएको भन्दै यो घटनामा दुई दुईपटकसम्म जाहेरी लिन मानेन । तर मृतकका आफन्तले हारगुहार गरेपछि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गर्ने क्रममा ३ जना युवाहरु पक्राउ परेका थिए । वैदाम प्रहरीको यस घटनामा भूमिका शंकास्पद देखिएको छ । हत्यालाई आत्महत्या सावित गर्न खोज्ने प्रहरी कैं गतिविधि र नाईट क्बल ट्रेजर लाउञ्जको सिसिक्यामेरा फुटेज नै नष्ट गर्नुले हत्यामा संलग्न अन्य व्यक्तिहरुको पहिचान हुन सकिरहेको छैन ।
अदालतमा दायर मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता रुद्रप्रसाद सुवेदी, सहन्यायाधिवक्ता मदन शर्मा, जाहेरवालातर्फबाट अधिवक्ता इन्द्रप्रसाद शर्मा, भीमप्रसाद धिमाल, वसन्त जोशी, शालिकराम सापकोटाले बहस पैरवी गरेका छन् । प्रतिवादी तीनै जनाको तर्फबाट हरिप्रसाद सुवेदीले बहस गरेका छन् ।
वैशाख ४ गते नुभिवको शव सनाखत गर्न पोखरा आएका आफन्तले पोखरा–६ लेकसाईडमा रहेको ट्रेजर लाउञ्जको सिसिक्यामेरा फुटेज सुरक्षित गर्न सोही दिन बैदाम प्रहरीलाई अनुरोध गरेका थिए । तर वैदाम प्रहरी कैं लापरवाहीका कारण नाईट क्लब ट्रेजर लाउञ्जको फुटेज गायव पारिएको छ । यस घटनामा प्रहरीले राजनीतिक दवाव र प्रभावका कारण ट्रेजर लाउञ्जका सञ्चालक शिवजी गुरुङ उर्फ महेन्द्रे भोटेलाई पक्राउ गर्न सकिरहेको छैन ।
सुरुमा प्रहरीले नै ट्रेजर लाउञ्जमा नुभिव नगएको बताई रहँदा त्यहाँ बसेर खाएको पैसा ईसेवाबाट त्यस नाईट क्लबमा तिरेको बैकिङ रेकर्डबाट खुलेको थियो । प्रचलित कानुन अनुसार १८ वर्ष भन्दा कम उमेरका किशोरलाई यस्ता नाईट क्लबमा प्रवेश गराउन पाईदैन । तर नुभिवको हत्यामा संलग्न तीनजना मध्ये एकजना नाबालक हत्यासम्ममा संलग्न छन् । के यस घटनामा ट्रेजर लाउञ्जका सञ्चालकलाई प्रहरीले कारवाही गर्न पर्दैन र ?
नुभिव हत्याकाण्डमा धेरै प्रश्नहरु रहस्यमय छन् :
नुभिवको हत्यालाई शुरुमा नै आत्महत्या भनेर प्रहरीले अनुसन्धान नै नगरी केस बन्द गराउन खोज्नु नै सबैभन्दा गम्भिर र शंकास्पद विषय नै यहीँ हो । जब कि त्यही बैदाम प्रहरीसँग हत्या हुनुभन्दा केही समय अगाडि नुभिव हारगुहार गर्दै सुरक्षा मागिरहेका थिए । जुन दृश्य ट्रेजर लाउञ्ज अगाडि प्राप्त सिसिक्यामेराका फुटेजहरुमा प्रष्ट रुपमा देख्न सकिन्छ । उति बेला नै ती कुटपिट गर्ने युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्नुको साटो प्रहरीले घटनाप्रति कुनै संवदेनशिलता नै देखाएन । जसले गर्दा पटक–पटक प्रहरीसँग गुहार मागिरहेको एक किशोरको त्यहीँ रातमा हत्या भयो । उति बेला नै ती युवाहरुलाई पक्राउ गरी सोधपुछ गर्नुको साटो प्रहरीले घटनाप्रति कुनै संवदेनशिलता नै देखाएन ।
पर्यटकीय क्षेत्रमा आन्तरिक वा वाह्य पर्यटकहरुको सुरक्षा दिने काम प्रहरीको हो कि होइन ? पर्यटकहरुमाथि यदि कसैले भौतिक आक्रमण गर्छ भने त्यसलाई कारवाही गर्नु र पाहुनालाई जोगाउनु प्रहरीको कर्तव्य हो कि होइन ? हत्या भएको शव भेटिए लगत्तै ७ बजे नै वैदाम प्रहरी इन्सपेक्टर बुद्धिसागर पुरीलाई नुभिवकी आमाको मोवाईल नम्बर कसले दियो ? त्यो नम्बर दिने व्यक्ति को हो ? अनि हत्या गरिएका नुभिवको मोवाईल खोई कहाँ छ ? जब कि हत्या भए पछि त्यही मोवाईलबाट नुभिवका साथीलाई फोन गरिएको छ । कसले गर्यो फोन ? यसको खोजी सुक्ष्म रुपले प्रहरीले गर्नुपर्छ कि पर्दैन ?
किन प्रहरी नुभिवको हत्यासँग लागूऔषध जोडेर मुद्दालाई फितलो बनाउन खोज्दैछ ? जब कि भिसेरा रिपोर्टमा कुनै पनि लागूपदार्थ सेवन नगरेको देखाएको छ । एकातिर सन्तान गुमाउनुको पिडा अर्कोतिर प्रहरीले लगाएका झुट्टा आरोपहरुले परिवारमा झन् पिडा थप्ने काम भईरहेको छ ।
वैशाख ४ गते नै मृतककी आमा भगवती उप्रेतीले ट्रेजर लाउञ्जको अरु फुटेजहरु सुरक्षित राखिदिनु भनेर वैदाम प्रहरीलाई भन्दा किन फुटेज संकलन गरिएन र किन डिलेट गरियो ? हत्या भईसकेपछि र अघिल्लो दिनको झैझगडा थाहा पाएको प्रहरीले आवश्यक प्रमाणहरु सुरक्षित गर्नुपर्छ कि पर्दैन ? अनि १८ वर्ष भन्दा कम उमेरका युवाहरुलाई ट्रेजर लाउञ्ज भित्र मदिरा लगायतका अन्य लागूऔषध सेवन गर्न कसले छुट दियो ? यो विषयमा प्रहरी सजग हुनुपर्छ कि पर्दैन ?
यस घटनाका सबै पाटाहरुलाई एक-एक गरी सुक्ष्म रुपमा अनुसन्धान नगरेसम्म फेरि अर्को नुभिवको हत्या नहोला भन्न सकिन्न ? ‘बुढि मरी भन्दा पनि काल पल्क्यो’ भन्ने चिन्ता सबैभन्दा बढि आमपोखरेलीहरुलाई छ । यस घटनाले आन्तरिक तथा वाह्य पर्यटकहरुका लागि पोखरा कति असुरक्षित छ भन्ने मात्र सन्देश प्रवाह भएको छैन कि हत्या हुँदासम्म यहाँको प्रहरी प्रशासन अनुसन्धान गर्न कति निकम्मा र कमजोर छ भन्ने सन्देश पनि प्रवाह भईरहेको छ । कास्की प्रहरीले आफ्नो गुमेको साख फिर्ता ल्याउन पनि नुभिव हत्याकाण्डमा संलग्न सबै अपराधीहरुलाई कारवाहीको दायरामा ल्याउन र योसँग जोडिएका सबै पाटाहरुलाई छर्लङ्ग पार्न जरुरी छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन