
१अख्तियारको शंकास्पद भूमिका : फरार अभियुक्तलाई ‘सरकारी साक्षी’ बनाउँदैं गराइयो बकपत्र
२एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
५रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
६लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
७पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
८पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताउनुभयो ।
प्रभु जिरेल, चरीकोट । हिमाली जिल्ला दोलखाको उत्तरी क्षेत्रमा पर्ने गौरीशङ्कर हिमालको काखमा अवस्थित प्राकृतिक स्रोत र साधनले सम्पन्न गौरीशङ्कर गाउँपालिकाले पर्यटक प्रवद्र्धनको दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । समुद्री सतहदेखि ८९१ मिटरदेखि ७१३४ मिटरको उचाइसम्म फैलिएको यो गाउँपालिकामा पर्यटनको हिसाबले महत्वपूर्ण भएकाले यहाँको प्राकृतिक स्रोत र साधनको उच्चतम प्रयोग गदै पर्यटनको क्षेत्रमा विकास गराउने उद्देश्यले गाउँपालिकाले १० वर्षे गुरुयोजना ल्याई गाउँपालिकाले गौरीशङ्कर संरक्षण क्षत्रसँग सहकार्य आरम्भ गरेको छ ।
पर्यटनको प्रर्वद्धनकै लागि विभिन्न क्षेत्रका प्रतिनिधिको पर्यटन सम्भाव्यता अध्ययन तथा अवलोकण भ्रमणका क्रममा र गाउँपालिका ५ चङ्खुको लुवाङसादेखि दोलखा र रामेछापको सिमाना पर्ने पाँचपोखरी जट्टापोखरीसम्मको क्षेत्रको अवलोकण गराइएको छ । चङ्खुको शेर्पा समुदायको होम स्टे लुवाङसामा बौद्ध परम्परा अनुसार गुम्बाबाट लामाले यात्रा सफलताको शुभकामनासहित शुरु भएको यात्राको पहिलो दिन डेरी, रिउती, स्यारताङ गोसा, पाङदीङ, छयोदिङ हुँदै ३८०० मिटरको उचाइमा पेम्दिङसम्म पुगेको थियो । यस क्षेत्रमा चौरी गाई तथा हिमाली बोट बिरुवाको आकर्षण र शीरमा रहेको गौरीशङ्कर हिमालले यात्रीलाई आनन्द तुल्याएको थियो ।
पेम्दिङमा बास वसेर विहान सवेरै यात्रा तय गरेमा १ घण्टाको यात्रा पछि ४१२१ मिटरको उचाइमा बुर्मछे डाँडामा पुग्न सकिन्छ । बुर्मुछे डाँडाबाट दोलखाको अधिकांश ठाउँलाई बिहानको घामको किरणसँगै नियाल्न सकिन्छ । धुपिनी डाँडामा विबहानको खाना खाएर पुन यात्रा गर्न सकिन्छ । करिव २ घण्टाको यात्रा पछि मानेडाँडा हुँदै ४२७४ मिटरको उचाइमा रहेको बुकिनी पुग्न सकिन्छ । बुकिनी अत्यन्त सुन्दर देख्न सकिन्छ । बुकिनी खर्कमा मार्वुका चौरी किसानले चौरी पाल्ने देख्न सकिन्छ ।
हिमाली जडिबुटी, फूल, तथा हिउँले खिएर तल्लो यालेखर्क पुगेर बास बस्न सकिन्छ । याले खर्कमा हिउँ पग्लेर आएको कञ्चन खोलामा तीर्खा मेटाउन पाइन्छ ।
खिम्ती शीरसम्म गौरीशङ्कर गाउँपालिका चङ्खु मार्वु र जिरी नगरपालिको श्यामाका किसानले चौरी तथा भेडा पाल्ने गरेको पाइन्छ । यहाँबाट १ घण्टामा ४४७३ मिटरको उचाइमा रहेको कालोपोखरी पुग्न सकिन्छ ।
कालोपोखरी/भुतपोखरी
समद्री सतहदेखि ४४७३ मिटरको उचाइमा पर्ने यो पोखरीलाई भुतपोखरीको नामले समेत चिनिन्छ । उच्च क्षेत्रमा रहेको यो हिमपोखरीको छुट्टै विशेषता छ । अत्यन्त कालो देखिने यो पोखरीमा टाढैबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ । पोखरी वरिपरी हल्ला गरेमा कुहिरोले पोखरी डाक्ने मान्यता रहेको स्थानीयवासी टीकाबहादुर गुरुङले बताउनुभयो । जम्मा ४४७३ मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्त आकर्षक छ । जट्टापोखरी पाँचपोरखी क्षेत्रमा दर्शन गरी पुन वासको लागि वेलुका एलेखर्क पुग्न सकिन्छ । एलेखर्कबाट गौरीशङ्कर गाउँपालिका चङ्खुको लुवाङसमा पुग्न सकिन्छ ।(रासस)
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव