
१जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
२नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
३विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
४अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
५स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
६जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
७नर्सलाई सरकारी सरह तलब र सुविधा सुनिश्चित गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
८‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
९पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
१०प्रहरीको विशेष अभियान ‘अपरेशन ३६५’ शुरु
११पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने
६समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
७पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९नेपाली कांग्रेस गण्डकी प्रदेशको बैठक : जेन-जी आन्दोलन र राष्ट्रिय संकटमा महत्त्वपूर्ण निर्णय
१०सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
११माओवादी नेताहरूको विलासी जीवनशैलीमाथि प्रश्न
१२प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
यस अघि प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा रहेका बन्दीहरुलाई आममाफी दिने क्रममा हत्यामा संलग्न र फरार अपराधीहरुलाई समेत छुट दिएपछि यसको सर्वत्र विरोध भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजपुर बमकाण्डमा घाईते भएका व्यक्तिलाई जिउँदै ईट्टाभट्टामा जलाउने पूर्वमन्त्री एवम् सांसद आफताब आलमलाई छुटाउन सक्दो प्रयास गरिरहेको अभिव्यक्ति सार्वजनिक गरेका छन् । बमकाण्डमा पक्राउ परेका आफताबलाई भोलि परिस्थिति बदल्न पनि सक्छ, तपाईहरु धैर्य गरेर बस्नुहोला भन्दै कार्यकर्तालाई दिएको आश्वासनले पीडित पक्ष र अदालतमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अलिकति हेक्का हुनुपर्छ कि पर्दैन ? ‘म आफ्नो तर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु । तपाईहरु धैर्य गर्नुस् । भोलि परिस्थिति बदल्न पनि सक्छ । त्यसैले तपाईहरु धैर्य गरेर बस्नुहोला । अदालतमा मुद्दा चलिरहेको छ ।’ भनेर रौतहतको गढीमाई नगरपालिकास्थित धरमपुर सिंगारवनमा विष्णु पुराण महायज्ञको बुधबार उद्घाटन गर्दै सभापति देउवाले सार्वजनिक रुपमा नै आलमको रिहाईको लागि पहल गर्ने अभिव्यक्ति दिएका हुन् । घाईतेहरुलाई जिउँदै ईट्टाभट्टामा लगेर पोल्ने क्रुर र अमानवीय अपराध गरेका व्यक्तिका विषयमा यस्तो परिस्थितिमा कांग्रेसका सभापति देउवाले दिएको मन्तव्यले आमनागरिकमा निराशा छाएको छ । सो महायज्ञमा एकसय पाँच किलोको माला लगाएका कांग्रेस सभापति देउवाले दिएको मन्तव्यले पीडित र न्यायप्रेमी जनताको छातीमाथि एकहजार किलोको फुलले थिचेभन्दा बढि पिडा दिएको छ ।
घटनाका मुख्य योजनाकार मानिएका पूर्वमन्त्री एवम् काँग्रेस सांसद आलम यतिबेला पुर्पक्षका लागि थुनामा छन् । २०६४ चैत २७ गते राजपुरस्थित शेख इद्रिसको गोठघरमा बम बिष्फोट भएको थियो । राजनीतिक पहुँच, शक्ति, गुण्डागर्दी र डरत्रासका कारण जिउँदै घाईतेलाई लगेर ईटाभट्टामा डढाउँदा समेत प्रहरी प्रशासनले आलमलाई केही गर्न सकेको थिएन । राजपुर बमकाण्डको १२ वर्षपछि २०७६ असोज २६ गते बल्ल प्रहरीले आलमलाई पक्राउ गरेको थियो । रौतहट कारगारबाट काठमाडौंको नख्खु कारगारमा सारिएका आलम लगायत बमकाण्डमा संलग्न अन्य व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाका साक्षीहरुलाई समेत डर र त्रास देखाएर बयान फेर्न लगाउने पात्र आलमलाई नै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले बचाउन गरेको प्रयासले आमनागरिकमा चिन्ता थपेको छ । यस अघि प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा रहेका बन्दीहरुलाई आममाफी दिने क्रममा हत्यामा संलग्न र फरार अपराधीहरुलाई समेत छुट दिएपछि यसको सर्वत्र विरोध भएको थियो ।
जघन्य अपराधमा संलग्न हुनेहरुलाई राजनीतिक आवरणमा जोगाउँदै र छुटाउँदै जाने हो भने कानुनी राज्यको के अर्थ रह्यो र ? यतिबेला देशमा सत्तारुढ नेकपा आफ्नै दलभित्रको किचलोको कारण संकटग्रस्त अवस्थामा पुगेको छ । दुई तिहाईको सरकार आफ्नै पार्टीको किचलोमा परेर थिलथिलो बनिरहेको छ । कुन बेला सरकार ढल्ने हो कुनै ठेगान नै छैन । सरकार परिवर्तनको लागि खेल चलिरहेको बेलामा यतिबेला सरकार बनाउने र ढाल्ने निर्णायक शक्ति नेपाली कांग्रेस बन्न पुगेको छ । त्यस्तो पार्टीका सभापतिले जघन्य अपराधमा अदालतमा मुद्दा चलिरहेको विषयमा दिएको मन्तव्यले ठुलो अर्थ राख्दछ । सभापति देउवाको अभिव्यक्तिले सिधै पीडितहरु र न्यायालयलाई धम्क्याउने काम भएको छ । अपराधलाई आफ्नो दलको वा विचारको भयो भन्दैमा यसरी नै जोगाउँदै जाने हो भने आमनागरिकहरुले सुरक्षा र शान्तिको आशा यो राज्य र सरकारबाट कसरी गर्ने ? त्यसैले रौतहटमा अभिव्यक्त गरिएको यो भनाईका विषयमा नेपाली कांग्रेसका सभापति देउवाले माफी माग्नैपर्छ ।
१‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
२पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
३कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
४जेन–जी युवालाई मतदानमा सहभागी गराउन अध्यादेश, आजैबाट मतदाता नामावली संकलन
५तीन करोडभन्दा बढीको घरजग्गा कारोबारमा इजाजत पत्र चाहिने