
१बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
३पत्रकार अमृतनाथलाई नेफ्स्कुन पत्रकारिता पुरस्कार
४ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
७रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
८मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
९‘न्याय र कानून क्षेत्रमा स्तरीय कानूनी शिक्षा र व्यावसायिक सुरक्षाको अभाव’ : महान्यायाधिवक्ता डा. कँडेल
१०रोल्पाको उवा पहिरोमा १० जनाको मृत्यु, तीन बेपत्ता
११रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
१२असई बनाइदिन्छु भन्दै १० लाख ठगी
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति
६सिर्जनाचोकबाट १४०.७७ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
७अफवाह नफैलाउन प्रहरीको आग्रह
८सहकारी ठगी मुद्दाको शीघ्र न्याय निरूपणका लागि विशेष इजलास गठन गर्न मन्त्रालयको आग्रह
९एलपी ग्यासको बिक्री-वितरण व्यवस्थित गर्न निर्देशन
१०२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
११जनप्रतिनिधि गीताद्वारा विभिन्न धार्मिक तथा शैक्षिक संस्थालाई मूर्ति र छाता हस्तान्तरण
१२पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
यस अघि प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा रहेका बन्दीहरुलाई आममाफी दिने क्रममा हत्यामा संलग्न र फरार अपराधीहरुलाई समेत छुट दिएपछि यसको सर्वत्र विरोध भएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजपुर बमकाण्डमा घाईते भएका व्यक्तिलाई जिउँदै ईट्टाभट्टामा जलाउने पूर्वमन्त्री एवम् सांसद आफताब आलमलाई छुटाउन सक्दो प्रयास गरिरहेको अभिव्यक्ति सार्वजनिक गरेका छन् । बमकाण्डमा पक्राउ परेका आफताबलाई भोलि परिस्थिति बदल्न पनि सक्छ, तपाईहरु धैर्य गरेर बस्नुहोला भन्दै कार्यकर्तालाई दिएको आश्वासनले पीडित पक्ष र अदालतमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अलिकति हेक्का हुनुपर्छ कि पर्दैन ? ‘म आफ्नो तर्फबाट आफ्नै किसिमले छुटाउन लागिरहन्छु । तपाईहरु धैर्य गर्नुस् । भोलि परिस्थिति बदल्न पनि सक्छ । त्यसैले तपाईहरु धैर्य गरेर बस्नुहोला । अदालतमा मुद्दा चलिरहेको छ ।’ भनेर रौतहतको गढीमाई नगरपालिकास्थित धरमपुर सिंगारवनमा विष्णु पुराण महायज्ञको बुधबार उद्घाटन गर्दै सभापति देउवाले सार्वजनिक रुपमा नै आलमको रिहाईको लागि पहल गर्ने अभिव्यक्ति दिएका हुन् । घाईतेहरुलाई जिउँदै ईट्टाभट्टामा लगेर पोल्ने क्रुर र अमानवीय अपराध गरेका व्यक्तिका विषयमा यस्तो परिस्थितिमा कांग्रेसका सभापति देउवाले दिएको मन्तव्यले आमनागरिकमा निराशा छाएको छ । सो महायज्ञमा एकसय पाँच किलोको माला लगाएका कांग्रेस सभापति देउवाले दिएको मन्तव्यले पीडित र न्यायप्रेमी जनताको छातीमाथि एकहजार किलोको फुलले थिचेभन्दा बढि पिडा दिएको छ ।
घटनाका मुख्य योजनाकार मानिएका पूर्वमन्त्री एवम् काँग्रेस सांसद आलम यतिबेला पुर्पक्षका लागि थुनामा छन् । २०६४ चैत २७ गते राजपुरस्थित शेख इद्रिसको गोठघरमा बम बिष्फोट भएको थियो । राजनीतिक पहुँच, शक्ति, गुण्डागर्दी र डरत्रासका कारण जिउँदै घाईतेलाई लगेर ईटाभट्टामा डढाउँदा समेत प्रहरी प्रशासनले आलमलाई केही गर्न सकेको थिएन । राजपुर बमकाण्डको १२ वर्षपछि २०७६ असोज २६ गते बल्ल प्रहरीले आलमलाई पक्राउ गरेको थियो । रौतहट कारगारबाट काठमाडौंको नख्खु कारगारमा सारिएका आलम लगायत बमकाण्डमा संलग्न अन्य व्यक्तिहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । घटनाका साक्षीहरुलाई समेत डर र त्रास देखाएर बयान फेर्न लगाउने पात्र आलमलाई नै पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवाले बचाउन गरेको प्रयासले आमनागरिकमा चिन्ता थपेको छ । यस अघि प्रजातन्त्र दिवसका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले कारागारमा रहेका बन्दीहरुलाई आममाफी दिने क्रममा हत्यामा संलग्न र फरार अपराधीहरुलाई समेत छुट दिएपछि यसको सर्वत्र विरोध भएको थियो ।
जघन्य अपराधमा संलग्न हुनेहरुलाई राजनीतिक आवरणमा जोगाउँदै र छुटाउँदै जाने हो भने कानुनी राज्यको के अर्थ रह्यो र ? यतिबेला देशमा सत्तारुढ नेकपा आफ्नै दलभित्रको किचलोको कारण संकटग्रस्त अवस्थामा पुगेको छ । दुई तिहाईको सरकार आफ्नै पार्टीको किचलोमा परेर थिलथिलो बनिरहेको छ । कुन बेला सरकार ढल्ने हो कुनै ठेगान नै छैन । सरकार परिवर्तनको लागि खेल चलिरहेको बेलामा यतिबेला सरकार बनाउने र ढाल्ने निर्णायक शक्ति नेपाली कांग्रेस बन्न पुगेको छ । त्यस्तो पार्टीका सभापतिले जघन्य अपराधमा अदालतमा मुद्दा चलिरहेको विषयमा दिएको मन्तव्यले ठुलो अर्थ राख्दछ । सभापति देउवाको अभिव्यक्तिले सिधै पीडितहरु र न्यायालयलाई धम्क्याउने काम भएको छ । अपराधलाई आफ्नो दलको वा विचारको भयो भन्दैमा यसरी नै जोगाउँदै जाने हो भने आमनागरिकहरुले सुरक्षा र शान्तिको आशा यो राज्य र सरकारबाट कसरी गर्ने ? त्यसैले रौतहटमा अभिव्यक्त गरिएको यो भनाईका विषयमा नेपाली कांग्रेसका सभापति देउवाले माफी माग्नैपर्छ ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३बरपीपल रिसोर्टमा आगन्तुकका लागि १५ प्रतिशतसम्म छुट
४ब्रोड पिक हिमपहिरोका आरोही र तराई हिंसाका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण
५नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबिच १९ बुँदे सहमति