
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
भीष्मराज ओझा
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यही फागुन ५ गते बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन । पार्टीले गत असार २२ गते केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण गरेको थियो ।
फागुन ५ गतेको बैठकमा पनि महाधिवेशनको नयाँ मिति भने नतोकिने बताइएको छ । कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार पार्टीले महाधिवेशनको नयाँ मिति तोक्न सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको फैसला कुर्ने भएको छ । प्रतिनिधिसभा पुनःस्थापना भयो भने कांग्रेस महाधिवेशन आगामी जेठ मसान्तसम्म र पुनःस्थापना नभई निर्वाचनमा जानुप¥यो भने भदौ पहिलो साता हुन सक्ने उहाँले बताउनुभयो ।
आगामी बैठकमा केन्द्र्रीय कार्यसमितिको समयावधि थप गरिने बताइएको छ । केन्द्र्रीय कार्यसमितिको समयावधि थप गर्दा कांग्रेस पार्टीको विधानानुसार नभई नेपालको संविधानको सहारा लिनुपर्ने हुन्छ । बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने पार्टी कार्यालय स्रोतले जनाएको छ ।
कांग्रेसको विधानमा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि चार वर्षको हुने र असाधारण स्थितिमा बढीमा एक वर्षसम्मको अवधि बढाउन सकिने उल्लेख छ । काँग्रेसको १३औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्ममा काठमाडौँमा भएको थियो । काँग्रेसको विधानानुसार पार्टीको आगामी १४औँ महाधिवेशन यही फागुन २० गतेसम्म उद्घाटन गरिसक्नुपर्छ ।
काँग्रेसले कोभिड–१९ को विषम परिस्थितिमा अब नेपालको संविधानमा भएको व्यवस्थाको सहारा लिएर केन्द्रीय समितिको समयावधि थप गर्ने र महाधिवेशनको मिति सार्ने जनाएको छ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको विधानमा कम्तीमा पाँच वर्षमा एक पटक सो दलका सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन हुने व्यवस्था हुनुपर्ने उल्लेख छ । साथै विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्र पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा छ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन भनी उल्लेख छ ।
हालको महाधिवेशन कार्यतालिकानुसार गाउँ र नगर वडा अधिवेशन गत पुस ६ गते, गाउँ–नगरपालिका अधिवेशन पुस ८ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस ११ गते गरिसक्नुपर्ने थियो । यसैगरी प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पनि) पुस १३ गते, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस १६ गते, प्रदेश अधिवेशन गत माघ ६ गते र केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेसम्म गर्नुपर्ने हालको कार्यतालिका छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई