
१मनाङ र अन्नपूर्ण गाउँपालिकामा लेक लागेर चारजनाको मृत्यु
२प्रचण्डको आह्वान : ‘परिवर्तन पक्षधर शक्तिहरू एकजुट भएर समाजवादी नेपाल बनाऔं’
३निर्वाचनलाई ‘राष्ट्रिय अनुष्ठान’का रूपमा ग्रहण गर्न प्रधानमन्त्रीको आग्रह
४चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
५निर्वाचन तयारी : जेनजी आन्दोलनपछि १५ नयाँ दल दर्ताको लहर, आयोगले अध्ययन गर्दै
६‘शहीदको रगत खेर नजाओस्’ भन्दै जेनजी युवाहरू फेरि उत्रिए प्रदर्शनमा
७जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
८नर्सका समस्याको समाधान गर्न १४ सदस्यीय समिति गठन, एक साताभित्र प्रतिवेदन बुझाइने
९विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१०अटेरी ओलीको दम्भ उस्तै, छैन कुनै पश्चाताप
११स्याङ्जामा जवरजस्ती करणी मुद्दाका फरार आरोपी पक्राउ
१२जेन-जी आन्दोलन : नेपाली सेनाको स्पष्टीकरण
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको पासपोर्ट रोक्का
७सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
८पक्राउ परेकाहरूलाई छानबिन गरी रिहा गर्न निर्देशन
९जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
१०आगामी सोमबारसम्म अत्यन्त जरुरी नभए यात्रा नगर्न अपिल
११प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
१२विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
पोखरा । पोखराका पर्यटन व्यवसायीले हातेमालो गरेर साथ दिने बताएका छन् । सुदूरपश्चिम नेपाल एशोसिएशन टुर एण्ड ट्राभल्स (नाट्टा)को आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यसहित अन्तर प्रादेशिक समन्वयात्मक भ्रमणमा लागि पोखरा आइपुगेका व्यवसायीको टोलीसँगको अन्तक्रियात्ममा यहाँका पर्यटन व्यवसायीले पर्यटन विकासमा सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।
कार्यक्रममा सुदूरपश्चिभ प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वय एकाइका प्रमुख भोजराज पाठकले गण्डकी प्रदेश र अझ पोखरा पर्यटन क्षेत्रका लागि ‘आइडल’ भएकाले यस क्षेत्रबाट धेरै कुरा सिक्ने सकिने बताउनुभयो । उहाँले कोभिड– १९ ले सुस्ताएको पर्यटनका लागि एक प्रदेशदेखि अर्को प्रदेशको भ्रमण गरेर आन्तरिक पर्यटनमार्फत चलायमान गराउन सकिने बताउनुभयो ।
आन्तरिक पर्यटन पुनःरुत्थान समितिका संयोजक अग्नि कँडेलले कोभिड पछाडिको अवस्थालाई गति दिन आन्तरिक पर्यटकलाई लक्षित गरेर विभिन्न कार्यक्रम गर्नुपर्ने बताउनुभयो । उहाँले सुदूरपश्चिम सांस्कृतिक, प्राकृृतिक, राजनीतिकरुपले अगाडि भए पनि आर्थिक समृद्धि हासिल गर्न नसकेको उल्लेख गर्दै प्रचारप्रसारमा जोड दिएर पर्यटकीय गतिविधि बढाउनुपर्ने बताउनुभयो । आर्कषक गन्तव्य प्याकेजमार्फत ल्याउन सके आगामी दिन आन्तरिक पर्यटकको गन्तव्यमा सुदूरपश्चिम हुनसक्ने उहाँको भनाइ थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटनका लागि समसामियक विषयमा देखिएका समस्याको कारण खोजेर समाधानमा जुट्नुपर्ने बताउनुभयो । उहाँले परम्परागत सोच र अवस्थाबाट अबको पर्यटनले गति लिन नसक्ने उल्लेख गर्दै नवीनतमा सोच र प्रविधिको विकाससँग अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सरकारका नीति पर्यटनमैत्री बनाएर पर्यटकका लागि सहज वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल कोभिड–१९ का कारण धेरैले प्राकृतिक र शान्तस्थलको खोजीमा धेरै पर्यटक रहेको उल्लेख गर्दै सुदूरपश्चिम, गण्डकी प्रदेशमा त्यस्ता ठाउँ भएकाले प्याकेज बनाएर ल्याउन सके आगामी दिनमा पर्यटननको विकास हुने बताउनुभयो । नेपाल पर्यटन बार्ड गण्डकी प्रदेशका प्रबन्धक विमल कँडेलले कोभिड–१९ को चुनौतीलाई अवसरमा बदलेर लुकेर रहेका गन्तव्यको खोजीसहित यसको प्रवद्र्धन जोड दिन सके दीर्घकालीनरुपमा पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
पश्चिमाञ्चल होटल सङ्घमा अध्यक्ष विकल तुलाचन हवाई ‘कनेक्टिभिटी’लाई जोड दिनसके सुदूरपश्चिम र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा विकास हुने बताउनुभयो । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले सुदूरपश्चिमलाई प्रकृतिले सबै कुरा दिए पनि आर्थिक रुपान्तरणमा बदल्न नसकिएको बताउनुभयो ।सो अवसरमा उहाँले गण्डकी प्रदेशका पर्यटन व्यवसायीलाई सुन्दर सुदूरपश्चिम भ्रमणका लागि आउन आग्रह गर्नुभयो ।
नाट्टा सुदूरपश्चिमका महासचिव पदमविक्रम सिंहले ‘देव भूमि सुन्दर ठाउँ, सुदूरपश्चिम घुम्न जाऊँ’ भन्ने नारासहित लुम्बिनी, गण्डकी कर्णाली प्रदेशलगायतका पर्यटन व्यवसायीसँग अन्तर प्रादेशिक समन्वयात्मक भ्रमण कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सात दिने समन्वयात्मक भ्रमण बर्दिया पुगेर समापन हुने उहाँको भनाइ छ ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४कास्की कारागारका भगौंडा पत्रकार अर्जुन गिरीको टोली अहिलेसम्म फर्किएन
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी