
१देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
२जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
३फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
४माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
५जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
६उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
७मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
८सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
११जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१२कास्की प्रशासनको चेतावनी : ‘मौसम सफा नहुँदासम्म हिमाली पदयात्रा नगर्नू’
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
१०इलाममा बाढी–पहिरोका कारण ३७ जनाको मृत्यु, १ बेपत्ता, २० जना घाइते
११पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१२लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको कदम सच्याउनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । कांग्रेसका भ्रातृ संस्थाले आज यहाँ आयोजना गरेको विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले नेपालको संविधानमा बहुमत प्राप्त दलका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने व्यवस्था स्पष्ट रुपमा उल्लेख भएको तथा संविधानको मस्यौदा बनाउँदा सो विषयमा व्यापक छलफल गरिएको धारणा व्यक्त गर्नुभयो ।
न्यायमूर्तिहरुले संविधानमा भएको व्यवस्थानुसार न्यायिक निर्णय गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादव, काठमाडौँ कांग्रेसका सभापति कृष्ण बानियाँ, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गाना, महामन्त्री मनोज वैद्यलगायतले प्रतिनिधिसभा विघटनको विरोध गर्नुभएको थियो । कांग्रेसका १३ वटै भ्रातृ संस्थाले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध आज ७७ जिल्लामै संयुक्त रुपमा एकसाथ प्रदर्शन गरेका छन् ।
यही माघ १३ गतेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णयानुसार पार्टीका भ्रातृ संस्था नेपाल महिला सङ्घ, नेपाल विद्यार्थी सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल किसान सङ्घ, नेपाल दलित सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल मुस्लिम सङ्घ, नेपाल तामाङ सङ्घ, नेपाल राष्ट्रिय मगर सङ्घ र नेपाल ठाकुर समाजले विरोध प्रदर्शन गरेका हुन् ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की