
१‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
२इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
३पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
४माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
५मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
६मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१०आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
११पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१२गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
पोखरा । गण्डकी प्रदेशका ११ वटै जिल्लामा माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धकोे ‘कोभिसिल्ड’ खोप लगाउन शुरु गरिने भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज साँझ पोखरामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका सबै जिल्लामा खोप सामग्री पु¥याइसकिएको र भोलिदेखि माघ १८ गतेसम्म पाँच दिन पहिलो चरणको खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
मुख्यमन्त्री गुरुङले खोप कार्यक्रमको शुभारम्भ गर्नु हुने र सबै जिल्लामा एकैसाथ खोप कार्यक्रम शुरु हुने मन्त्रालयले जनाएको छ । प्रदेशका सबै जिल्ला अस्पतालमा खोप लगाउने व्यवस्था मिलाइएको र पहिलो चरणमा सम्पूर्ण सरकारी, गैरसरकारी, निजी अस्पताल र मेडिकल कलेजमा कार्यरत स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका र अस्पतालको फोहरमैला व्यवस्थापनमा खटिने कर्मचारी गरी १७ हजार ६३० जनालाई खोप लगाइने सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले बताउनुभयो ।
उहाँका अनुसार यही माघ ११ गते गण्डकी प्रदेशका लागि ३९ हजार १३९ मात्रा भ्याक्सिन प्राप्त भएको र प्रदेश तह र जिल्लास्तरमा भण्डारण, ढुवानी र वितरणको योजना तयार गरिसकिएको छ । पहिलो मात्राको खोप दिएको एक महिनापछि अर्को मात्रा लगाइने छ । पहिलो चरणको खोप कास्कीमा पाँच हजार ६७१, गोरखामा एक हजार ८०८, बाग्लुङमा एक हजार ७७०, लमजुङमा एक हजार ५८२, तनहुँमा एक हजार ६९९, स्याङ्जामा एक हजार ५४१, नवलपुरमा एक हजार ५२, पर्वतमा एक हजार २३९, म्याग्दीमा ८४३, मुस्ताङमा २१९ र मनाङमा २०६ जना अग्रपङ्क्तिमा कार्यरत स्वास्थ्यकर्मीलाई लगाइने जनाइएको छ ।
खोप प्राप्त भएपछि उच्चस्तरीय समन्वयतात्मक बैठक बसेर खोप कार्यक्रम सञ्चालन र परिचालन योजना, खोप ढुवानी र प्रादेशिक परिचालन टोली निर्धारण, खोप केन्द्र पहिचान र निर्धारण तथा जिल्ला र खोप केन्द्रलाई तालीम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । प्रदेशको राजधानी शहर पोखरामा खोप लगाउने जनशक्तिको सङ्ख्या बढी रहेकाले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सङ्क्रामक तथा सरुवा रोग अस्पलाल, मणिपाल अस्पताल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुआत गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।
खोप कार्यक्रमका लागि प्रदेशबाट हरेक जिल्लामा विज्ञ टोलीको सहभागिता रहने र खोपको अवाञ्चिछत घटना भएमा प्राथमिक उपचार जिल्लामा गरिने र जटिल अवस्था भएमा प्रदेशस्थित ‘रिफरल’ अस्पतालमा पठाइने योजना सरकारको छ । गण्डकीमा हालसम्म एक लाख २५ हजार ४९७ जनाको कोरोना परीक्षण भएकामा १५ हजार ३३७ जना सङ्क्रमित भएको र १४ हजार ६७१ जना उपचारपछि निको भएको बताइन्छ । हाल यस प्रदेशमा सक्रिय सङ्क्रमित सङ्ख्या ४६४ रहेको निर्देशनालयले जनाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : ७८१ जनाको शव भेटियो