
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
हुमाकान्त पोखरेल
तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरकी भगवता कुँवर आफ्नै करेसाबारीमा फलेका खुर्सानी टिपेर सिमीचौरको बाँसखर्क आउनुभयो । उहाँले आफ्नै करेसाबारीबाट टिपेर ल्याएको खुर्सानी खरिद गर्न रेसुङ्गा नगरपालिकाको गाडी त्यस स्थानमा पुगेको थियो । नगरपालिकाले तोकेको भाउअनुसार आधा किलो खुर्सानीको उहाँले रु ७० पाउने हुनुभयो । “खुर्सानी, केराउका मन्टा, रायो साग, पिडालुलगायतका तरकारी नगरपालिकाले खरिद गरिदिन्छ”, उहाँले भन्नुभयो, “तरकारी बेचेको पैसा पनि केही दिनपछि घरमै आउँछ ।”
आफूहरुले तरकारी बिक्री गरेर मासिक रु पाँच हजारसम्म आम्दानी हुने गरेको उहाँको भनाइ छ । घरमा भएको सबै कृषि उपज नगरपालिकाले खरिद गरिदिँदा स्थानीय कृषकले उत्पादन गरेको तरकारीले बजार पाएको र राम्रो आम्दानीको स्रोत भएको उहाँले बताउनुभयो । श्रीमान् रोजगारीका लागि विदेशमा भए पनि घरमा आफू र छोरीको खर्च चलाउन श्रीमान्को आस गर्नुनपर्ने उहाँको अनुभव छ ।
सोही ठाउँकै मीना पाण्डे पनि नगरपालिकाले उत्पादित सबै कृषि उपज खरिद गरिदिन थालेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको र आम्दानीको स्रोत बढेको बताउनुहुन्छ । नगरपालिकाको गाडी आउँदा प्रत्येकपटक थोरै भए पनि तरकारी बिक्री गर्ने र त्यसबाट घर खर्च चलाउन सहज भएको उहाँको बुझाइ छ । “पहिले–पहिले एक पाउ तरकारी बोकेर बजारमा बेच्न जाँदैन थियौँ”, उहाँले भन्नुभयो, “अहिले गाउँमा आएको गाडीले तरकारी लैजान्छ ।”
नगरपालिकाले पिडालु प्रतिकिलो रु ५० र अदुवा प्रतिकिलो रु ९० मा खरिद गर्ने गरेको उहाँले बताउनुभयो । पिडालु, गिठ्ठाजस्ता कहिल्यै बिक्री नहुने तरकारी र फलफूलजन्य उपज पनि नगरपालिकाले खरिद गरिदिँदा आफूहरुको आम्दानीको स्रोत राम्रो भएको उहाँ बताउनुहुन्छ । नगरपालिकाले हाटबजार सञ्चालन गरी कृषकले उत्पादन गरेका कृषि उपजको बजारको ग्यारेन्टी गरेपछि कृषक लाभान्वित भएका छन् । नगरपालिकाले २०७६ कात्तिक २३ गतेदेखि हाटबजार सञ्चालन गरेको छ तर कोरोना महामारी शुरु भएसँगै गत चैतबाट बन्द भएको थियो । त्यसको नौ महिनापछि गत पुस ८ गतेदेखि हाटबजार पुनः सञ्चालनमा आएपछि कृषकले उत्पादन गरेको कृषि उत्पादनले बजार पाएको छ । नगरपालिकाले समय मिलाएर रेसुङ्गा–४ अर्खले, वडा नं १० सिमीचौर, धुर्कोट गाउँपालिका तथा अर्घाखाँचीको ढिकुरासम्म पुगेर कृष उपज सङ्कलन गरी हाटबजारमार्फत बिक्री गर्दै आएको छ ।
बाँसखर्ककै सुमित्रा पाण्डेका श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्छ । घरमा दुई छोरी र आफूको खर्च तरकारी बिक्रीबाटै जुटाउने गरेको उहाँ बताउनुहुन्छ । पहिले–पहिले डोकोमा बोकेर बजारसम्म तरकारी बेच्न हिँड्ने पाण्डेका लागि अहिले तरकारी लिन घरमै गाडी आउँछ । नगरपालिकाले सञ्चालन गरेको यो योजनाले स्थानीयवासी कृषकको समयको बचत, सबै तरकारी बिक्री तथा तत्काल भुक्तानी पाइनेजस्ता फाइदा रहेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले नसोचेको काम स्थानीय सरकारले गरेको छ ।” यसरी तरकारी खरिद गर्न नगरको गाडी टोलटोलमै पुग्छ भन्ने आफूले कहिल्यै नसोचेको बताउनुभयो । डोकोमा बोकेर तरकारी लैजाँदा व्यापारीका अनेकथरीका भनाइ सुन्नुपरे पनि अहिले सम्मानजनकरूपमा तरकारी बिक्री हुने र उत्पादन गर्न हौसला मिलेको उहाँको अनुभव छ ।
स्थानीयवासी ५१ वर्षीय खेतबहादुर कुँवरले तरकारी खेतीका लागि पानीको समस्या भएको बताउनुभयो । पानी भए आफूहरुले जति पनि तरकारी उत्पादन गर्ने बताउँदै उहाँले सिँचाइको व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । कृषकले उत्पादन गरेको कृषि र कृषिजन्य उत्पादनलाई हाटबजारमार्फत उपभोक्तासम्म पुर्याउने उद्देश्यले रेसुङ्गा नगरपालिकाले हाटबजार सञ्चालन गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख हरिशरण पन्थीका अनुसार तम्घास चारिखोलामा रहेको हाटबजार प्रत्येक दिन दिउँसो १ बजे पछाडि सञ्चालनमा आउँछ । हाटबजारमा अहिले विभिन्न स्थानमा उत्पादन भएका स्थानीय तरकारीजन्य सामग्री खरिद बिक्री हुन्छ ।
लोकल कुखुरा, लोकल अण्डा, प्याज, टमाटर, गाजर, आलु, पिडालु, अदुवा, बन्दागोभी, धनियालगायतका ३३ प्रकारका स्थानीय उत्पादन पाइन्छन् । तरकारीको दर प्रत्येक दिन फरक–फरक हुन्छ । औसतमा सागको मुठा रु तीन, अदुवा प्रतिकिलो रु ९०, टमाटर प्रतिकिलो रु ५५, प्याज प्रतिकिलो रु ८० लगायतको दरमा खरिद तथा बिक्री भइरहेको कृषि शाखा प्रमुख पन्थीले बताउनुभयो ।
हाटबजारमा तरकारी किन्न पुगेकी रेसुङ्गा–१ की आरुसी खनालले हाटबजार सञ्चालन हुँदा आफूहरुलाई सहज भएको बताउनुभयो । रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले हाटबजारलाई थप व्यवस्थित बनाउन जिल्ला तथा जिल्लाबाहिरका पालिकासँग समन्वय भइरहेको जानकारी दिनुभयो । कृषि र पशुपालनमार्फत रोजगारको सिर्जना गर्ने लक्ष्य लिएकाले नगरपालिकाले आवश्यक लगानी गर्ने बताउनुभयो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल